Thu. Mar 28th, 2024

अर्थर गनकाे उपनामले स्टेजमा चिनिँदै आएका नेपाली मुलका दिवेश पोखरेललाई अमेरिकन आइडल बनाउन भोट गर्न सकिने भएको छ । अप्रील २६ अर्थात आजको लाईभ प्रस्तुतिपछि दिवेशलाई भोट गर्न सकिनेछ ।

विश्वकै लोकप्रिय र चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को सुरुवाती चरणबाटै लगातार जज र आम दर्शकको मन जित्दै आएका दिवेशका लागि उनका परिवार तथा अमेरिकामा रहेकामा रहेका नेपालीहरुमार्फत भोटको अपिल भइरहेको छ । नेपाली मुलका प्रतिस्पर्धी दिवेशको प्रस्तुतिप्रति विश्वभरका आमदर्शक आकर्षित भएको देखिन्छ ।

सोही अनुसार भोट र विश्वभरि छरिएर रहेका नेपालीको साथ पाए आफू अमेरिकन आइडल बन्ने दिवेशकाे आशा छ । काठमाडौंमा जन्मिएका दिवेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए । हाल उनी त्यहाँकाे विचिटा, कान्सासमा परिवारसहित बस्दै आएका छन् ।

दिवेशले आइडलको जजको रुपमा रहेका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुति दिँदै आएका छन् । दिवेशले आफ्ना प्रस्तुतिप्रति जजहरुबाट खुलेरै प्रशंसा पाइररहेका छन् ।

उनलाई भोट गर्न आइडलले ३ ओटा विकल्प अघि सारेको छ । २६ देखि २९ सम्म खुला रहने माध्यमबाट जम्मा ३० भोट मात्रै गर्न पाइनेछ । भोटिङ गर्ने पहिलो तरिका अन्तर्गत आजको लाइभ राउण्डको प्रस्तुतिपछि प्राप्त प्रतियोगीको कोड लेखेर २१५२३ मा पठाउन सकिनेछ । यो माध्यमबाट एकजना बराबर १० भोट दिन सकिनेछ ।

दोस्रो तरिकामा अ‍मेरिकन आइडलको एप तथा एप्पल आईएसओएस एप स्टोर डाउनलोड गरेर त्याहाँ साइन अप गरेर १० भोट गर्न सकिनेछ । त्यस्तै अर्को माध्यम आइडलभोट डट एबीसी डटकम लगइन

गरेर दिवेशको कोडमा भोट दिन सकिने छ । यसमा पनि एकजना बराबर १० भोट दिन सकिने छ । अहिले लकडाउनकाबीच अमेरिकामा दिवेशलाइ अमेरिकन आइडल बनाउन उनका परिवार तथा साथीभाईले भोटकाे अपिल गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: