Sat. Apr 27th, 2024

नेपाल प्रहरीले जनचेतना मुलक भिडियो सार्वजनिक गरेको छ । विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाममा प्रहरीको भूमिका दर्शाउँदै सो भिडियो सार्वजनिक गरिएको हो ।

नेपाल प्रहरीले सो भिडियो सामग्री बिसी मोशन पिक्चर्स सँगको सहकार्यमा निर्माण गरेको हो ।

प्रहरीले भिडियोमा कोरोनाको महामारीको सम्भावित जोखि न्युनीकरणका लागि अवलम्बन गरेका योजना तथा महामारी फैलिएको खण्डमा कसरी कम जोखिम गर्ने भन्ने सम्मको योजना सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीले कोरोना भाइरसको कुनै उपचार नभएको र यसको प्रकोप नियन्त्रणका लागि कुनै भ्याक्सिन नबनिसकेको भन्दै सामाजिक दुरी कायम गरे संक्रमणको जोखिम कम गर्न सकिने बताएको छ । त्यसै गरी कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ कसरी गर्ने भन्नेसम्मको योजना प्रस्तुत गरेको छ ।

सो भिडियोमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सरकारले घोषणा गरेको लकडाउनका बेला प्रहरीले अन्तर्राष्ट्रिय सीमाको व्यवस्थापन, अान्तरिक परिचालन, अत्यावश्यक सामग्रीको सहज अापुर्तिको व्यवस्थापन गर्ने काम गरेको बताउँदै सर्वसाधारणलार्इ घरभित्रै बस्नका निम्ति ३५ हजार पटक माइकिङ गरेको बताएका छन् ।

त्यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्सालले यस कठिन समयमा प्रहरी व्यवस्थापनमा केही चुनाैती भएता पनि चुनाैतिसँगै काम गरेको बताएका छन् ।

प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. अाशा सिंहले लकडाउनको वैज्ञानिक महत्व दर्शाउँदै प्रहरीको मनोबल उच्च राख्नुपर्ने बताएकी छिन् ।

Leave a Reply

%d bloggers like this: