Fri. Apr 19th, 2024

प्रतीक्षारत फिल्म प्रेम गीत ३ का कलाकार पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । फिल्ममा मुख्य भूमिकामा देखिएका उनको फिल्ममा नाम भने ‘पुष्प’ रहेको छ । यस अघि धेरै कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ भने टिजर भोलि मंगलबार चार बजे सार्वजनिक गर्ने टिमको तयारी रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: