Wed. Apr 24th, 2024

गत शुक्रबार नेपाली फिल्महलहरुमा प्रदर्शनमा आाएकाे फिल्म ‘सेन्टी भाइरस’ दाेस्राे हप्तामा पनि आक्रामक नै देखिएकाे छ । फिल्मले नेपाली बजारमा प्रदर्शनकाे पहिलो दिननै करोड माथिको व्यापार गरेको थियाे भने अहिले पनि देशभरका हलमा हाउसफुल प्रदर्शन गरिरहेकाे छ ।

समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंक यो फिल्ममा छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुंगले केहि भिन्न परिवेशमा यो फिल्म निर्देशन गरेका छन् ।

सिनेमामा धुर्मुस र सुन्तलीका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ।

‘सेन्टी भाइरस’ले दिने मुनाफाको ५० प्रतिशत सामाजिक कार्यमा लगाइने, निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।

नेपाली सिनेमा घरहरुमा आक्रामक देखिएकाे फिल्मले प्रदर्नकाे दाेस्राे दिन पनि उही क्रम निरन्तर राख्याे । अहिले काठमाडाैका मल्टिप्लेक्स सहित अन्य हलमा पनि याे फिल्म हेर्न जानेकाे लर्काे नै लागिरहेकाे छ ।

Leave a Reply

%d bloggers like this: