Tue. Apr 16th, 2024

प्रदर्शनको मिति नजिकिँदै गर्दा सार्वजनिक भएको चलचित्र प्रेमगीत ३ को शिर्ष गीतको लिरिकल भिडियो दर्शकले रूचाएका छन् । यो गीत सार्वजनिक भएको ५ दिनमा नै १४ लाख भन्दा धेरै पटक हेरिएको छ भने ५४ हजारले लाइक र ५ हजारले कमेन्ट गरेका छन् ।

युवा स्टार प्रदीप खड्का र उदयमान अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र प्रेमगीत ३ को यो शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । गीतले दर्शकबाट निकै राम्रो प्रसिक्रिया पाएको छ । यो फिल्म हेर्न आफुहरु आतुर भएको प्रतिक्रिया दर्शकले गीतको कमेन्ट बक्समा गरेका छन् ।

‘हर युग होस् प्रेमको गीतको…’ बोलको लिरिकल भिडियो शुक्रबार दिउँसो रिलिज गरिएको हो । यो गीतलाई संगीतकार एलिश कार्कीले आफ्नो संगीतबाट माधुर्य बनाएका छन् । गीतको शब्द राजेश कुमार श्रेष्ठले सृजना गरेका हुन् । जसमा गोपाल रसाईली र शैलेन्द्र एम प्रधानको संगीत सँयोजन छ ।

प्रेमगीत ३ आगामी २८ चैतमा नयाँ वर्षको उपहार स्वरुप रिलिज हुनेछ । प्रेम कथामा आधारित यो चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई,सुजल बस्नेत, राज थापासहितको कलाकार शिर्ष भूमिकामा छन् ।

प्रेमगीत ३ लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त निर्देशन गरेका हुन् । जसमा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्ध निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन, कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । प्रेमगीत र प्रेमगीत २ जस्तै प्रेमगीत ३ पनि पूर्ण सफल हुने विश्वास लिईएको छ । यो चलचित्र युरोपको बेलायतसँगै युरोपकै आठ मुलुक, अमेरिका र क्यानडा बिक्री भईसकेको छ ।

Leave a Reply

%d bloggers like this: