Sat. Apr 20th, 2024

फिल्म ‘सेन्टी भाइरस’ले प्रदर्शनको दोश्रो दिन बम्परको व्यापार गरेको छ । शुक्रबार नै आक्रमक देखिएको धुर्मुस सुन्तलीको फिल्मले शनिबार र आइतबार नै देशभर हाउसफूलको व्यापार गर्न सफल भयो ।

फिल्म ‘सेन्टी भाइरस’ले शनिबार देशभरबाट एक करोड पैतिस लाखको ग्रस व्यापार गरेको निर्माण पक्षले व्यापारिक रिपार्ट सार्वजनिक गरेको छ । फिल्मले शुक्रबार देशभरबाट एक करोड बाह्र लाखको ग्रस व्यापार गरेको थियो । सेन्टी भाइरसको दुई दिनको कलेक्सन जोड्दा दुई करोड ४७ लाख ग्रस कलेक्सन हुन आउँछ । सेन्टी भाइरसले गरेको यो व्यापार बम्परको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, अभिनेता दयाहाङ राई, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ र सन्दिप क्षेत्री लगायतको अभिनय छ । राजनीतिक चुनावलाई लिएर बनाइएको फिल्मलाई दर्शकले रुचाएका छन् ।

Leave a Reply

%d bloggers like this: