Thu. Apr 25th, 2024

बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको छ । गीतमा सागर आले र मेलिना राइको स्वर, हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन् ।

गीत सार्वजनिक भएसँगै गीतमा रहेको कविराज गहतराजको कोरियोग्राफीको तारिफले चर्चा बटुलेको छ भने प्रदिप खड्काको नृत्यको पनि प्रशंसा गरिएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?time_continue=5&v=UaeScocRNsQ&feature=emb_logo

merofilm.com

Leave a Reply

%d bloggers like this: