Thu. Apr 18th, 2024

फिल्म ‘साङ्लो’ को दोश्रो गीत सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत र ट्रेलरको सफलता पछी फिल्मको तेश्रो गीत निर्माण टिमले सार्वजनिक गरेको हो । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराईको स्वर र शब्दमा अन्जु पन्तको स्वरसमेत समावेश गरिएको छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले फिल्मका लीड एक्टर निकिता चाण्डक र विराज भट्टलाई ठुमका लगाउन अर्हाएका छन् ।

‘साङ्लो’ लाई विराज स्वयंले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मले किड्नी तस्करीको कथा भन्ने छ । फिल्ममा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्म माघ २४ बाट प्रदर्शनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: