Sat. Apr 20th, 2024

सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा रहेको फिल्म ‘लप्पन छप्पन २’ को टीजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात मल्ल र अर्पण थापा बाहेक शिव श्रेष्ठ, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा मुकुन्द भट्ट, सुनिल निउरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटीले निर्माण गरेको फिल्म वैशाख १२ गते रिलिज हुनेछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: