Fri. Apr 26th, 2024

फिल्म ‘सेल्फी किंग’ को गीत जाली रुमाल सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र पुरुषोत्तम सुबेदीको स्वर, बि पाण्डेको शब्द र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा केकी अधिकारी र भिमफेदी गाइज फिचर्ड छन् । गीतमा सुबाश भुसालको संगीत रहेको छ ।

माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विपिन ‘सेल्फी किंङ’को नामले परिचित चर्चित हाँस्य कलाकार (टेलिभिजन)को भुमिकामा देखिएका छन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: