Thu. Apr 25th, 2024

सलमान खान स्टारर फिल्म ‘जय हो’ बाट अभिनयमा डेब्यू गरेकी बलिउड अभिनेत्री डेजी शाह नेपाल आएकी छन् । शनिवार नेपाल आइपुगेकी डेजी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा शनिवार नेपाल आइपुगेकी थिइन् । शनिवार साँझ डेजीले आफ्नो प्रस्तुति दिएकी थिइन् ।

‘सेलिब्रेटी नाइट्स’ नाम दिइएको कार्यक्रममा उनले आफूले अभिनय गरेका फिल्मका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । उनी आज आफ्नो देश भारत फर्किनेछिन् । उनले ‘हेट स्टोरी ३’, ‘रेस ३’ बाट निकै चर्चामा आएकी उनी पहिलो पटक नेपाल आएकी हुन् । टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा यसअघि बलिउड अभिनेत्रीहरू उवर्षी रौतेला, प्राची देसाई, अमिसा पटेललाई पनि नेपाल आइसकेका छन् । आफ्नो प्रस्तुति दिन भारतबाट आउने कलाकारलाई उक्त रिसोर्टले लुम्बिनीका विभिन्न स्थानको समेत भ्रमण गराउने गरेको छ ।

ठुलो लगानीमा खुलेको टाइगर प्यालेस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बलिउड सेलिब्रेटीलाई झिकाएर महिनैपिच्छे साङ्गीतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: