Fri. Mar 29th, 2024

बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म दबंग ३ को ट्रेलर सार्वजनिक भएको छ ।
डिसेम्वर ३० मा विश्वब्यापी प्रर्दशनमा आउने फिल्ममा सलमान खानको गज्जबको कमेडी र एक्शन देख्न पाइनेछ । यस अघिका दबंगका दुई श्रृंखलाले बलिउडमा कमाल गरेको थियो । तेस्रो सिक्वेल समेत सुपरहिट हुनेमा सलमान खान विस्वस्त छन् । ट्रेलरमा सलमान खानको फ्यान लक्षितक धमाकेदार एक्सनलाइ मसलाको रूपमा प्रस्तुत गरिएको छ ।
तीन मिनेट २२ सेकेण्डको ट्रेलरमा सलमान खानको धमाकेदार एक्शन देखाइएको छ । भने, कमेडी टाइपका संवादलाई देखाइएको छ ।
केही दिनअघि फिल्मको पोस्टर रिलिज हुँदै चर्चामा आएको दबंग ३ ले वक्स अफिसमा रेकर्ड राख्ने बलिउड फिल्म समिक्षकको आंकडा छ । फिल्ममा सलमान अर्थात चुलबुल पाण्डे कमेडी, एक्शन तथा रोमान्स गर्ने पात्रको रुपमा देखिनेछन् ।
प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानका अलावा, सोनाक्षी सिन्हा, अरबाज खान, माही गिल, पंकज त्रिपाठी ताथ किच्चा सुदीपलगायतका कलाकारको अभिनय रहनेछ ।

 

makalukhabar.com

Leave a Reply

%d bloggers like this: