Fri. Apr 19th, 2024

जापानको टोक्योमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा एपीएफ प्रमुख शैलेन्द्र खनाल , चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई , निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले , कलाकार प्रशान्त ताम्राकार , श्वेता खड्का , भुवन केसी , किरण केसी , सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , निर्देशक दीपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।

अवार्ड आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने छ । यसपटक अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । नोमिनेशनमा परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् ।

नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक , अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

उत्कृष्ट ३ मनोनयन
फिल्म विधा
१ फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३

३ अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी

५ सह अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले

६ सह अभिनेत्री
बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५

म्युजिक

१ पप गायक
कमल खत्री – तिम्रो मायाले
संजिव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन

२ पप गायिका
१ टिका प्रसाई – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन

३ आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४

४ आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना

५ लोक गायक
१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

६ लोक गायिका
१ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
२ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ बिष्णु माझी – सालको पात

filmyfanda.com

Leave a Reply

%d bloggers like this: