Thu. Apr 25th, 2024

फिल्म ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचरिङ लोकलय सार्वजनिक गरेको टिमले अहिले रोमान्टिक गीत आउट गरेको हो । गीतमा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचरिङ छन् । ‘सुसाइड’ गीतमा प्रेममा परेपछि तनावलाई झल्काइएको छ । निर्देशक जोनी सिंह रानाको शब्द शृजना रहेको गीतमा कोशिस क्षेत्रीको संगीत छ । भने, स्वरमा रुपक डोटेलसँग संगीतकार क्षेत्रीले सहकार्य गरेका छन् । गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा ढालेका छन् । फिल्माम रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ । फिल्ममा राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: