Fri. Apr 26th, 2024

युवा गायक मनिष रन्जन बरालले दिपावलीको अवसर पारेर कृष्ण कृष्ण मनमा बोलको भजन रिलिज गरेका छन् । उदयपुर जिल्लाको साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ८ वर्षको हुँदादेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम (श्रीमुक्तिनाथ पिठ वेद विद्याश्रम) मा आश्रित रही संस्कृत शिक्षा आर्जन गरेका हुन् ।
हाल उपत्यकाको कलंकी बस्दै आएका मनिष रञ्जन बरालको स्वरमा एक प्रकारको छुट्टै माधुर्यता रहेको छ । दर्जनौ भजनहरु रेकर्ड गराइसकेका मनिषको थुप्रै भजन बजारमा आउन बाकी भएको उनी बताउछन् । जस्तोसुकै विधाका गीतहरु पनि गाउँन सक्ने क्षमता बोकेका उनले आफूले आर्जन गरेको शिक्षाको महत्व कायम राख्न भजनमा आकर्षित भएको बताए ।

उनले उक्त भजनमा स्वर, संगीत संगीत समेत आफैंले दिएका छन् भने शब्द  अर्जुन पौडेलको रहेको छ । विश्वास नेपालले एरेञ्ज गरेको उक्त भजन भिडियोको निर्देशन तथा सम्पादन भने बिष्णु भट्टराईले गरेका छन् । संस्कृतिको जगेर्ना गर्न भजनलाइ बढी महत्त्व दिनुपर्छ भन्ने सोच राखेका नवराज घिमिरे आँफुलाइ सो भजन मन परेपछी भजनलाई अगाडि ल्याउन तयार भएको उनको भनाइ छ।
https://www.youtube.com/watch?v=d4BQF_Kh_8s&feature=youtu.be&fbclid=IwAR3PyGrAHghpQh6hXYt-UAbOt4dF-LGyBieWrFfgYkB6euxVgwZ4ctQiR-s

Leave a Reply

%d bloggers like this: