Thu. Mar 28th, 2024

फिल्म ‘च च हुई’ को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएका छन् । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्यामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ । रोशन र सुमन गुरुङको गीतमा स्वर छ ।

फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।मङ्सिर ६ बाट प्रदर्शनमा आउने फिल्ममा सम्पादन र निर्देशन साम्तेन भुटियाको छ ।

 

merofilm.com

Leave a Reply

%d bloggers like this: