Fri. Mar 29th, 2024

अभिनेता प्रभाष र श्रद्धा कपुर अभिनित प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साहो’लाई लिएर दर्शकमाझ एक प्रकारको उत्साह बढिरहेको छ । फिल्मको सार्वजनिक ट्रेलरबाट नै थाहा भइसकेको छ कि ‘साहो’मा जबरदस्त एक्शन देख्न पाइनेछ । भर्खरै मात्र यसै फिल्ममा समाबेश गरिएको नयाँ गीत ‘ब्याड ब्वाई’ दर्शकमाझ रिलिज गरिएको छ । सोसल मिडिया युट्युवमा यो गीत ट्रेन्डिङमा आइसकेको छ ।

‘साहो’को सार्वजनिक ‘ब्याड ब्वाई’मा अभिनेता प्रभाष र अर्की अभिनेत्री ज्याकलिन फर्नान्डेजले ठुम्का लगाएका छन् । यस गीतको चर्चा सुरु भएसँगै प्रभाष र ज्याकलिनको केमेष्ट्रीको चर्चा पनि सुरु भइसकेको छ ।

यसका साथै अभिनेत्री ज्याकलिनले यस गीतको लागि मोटो रकम लिएकी छन् । रिपोर्टका अनुसार अभिनेत्री ज्याकलिनले यो गीतको लागि दुई करोड पारिश्रमिक लिएकी छन् । फिल्मको यस गीतलाई –यापरका बादशाह नीति मोहनले आवाज दिएका छन् । भिडियोमा अभिनेता प्रभाषलाई फरक अन्दाजमा देख्न सक्छौं ।

यो फिल्मलाई ३० अगष्टबाट हिन्दी, तमिल, तेलेगु र मलायालम भाषामा एकसाथ दर्शकमाझ रिलिज गरिनेछ ।

 

news24

Leave a Reply

%d bloggers like this: