Fri. Apr 26th, 2024

नायक जय किशन बस्नेतले निर्माण गरेको फिल्म “हिरो नं. १” को तेश्रो गीत “के गर्नु मंगले आफ्नै ढंगले” सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरु देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । रोमान्सदेखि द्वन्दका खतरनाक दृष्यहरु समेत राखिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ । नायिका जाहान्वी बस्नेतले भिडियोमा फाईट गरेकी छिन् ।

 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: