Thu. Apr 18th, 2024

साउथ फिल्मबाट बलिउड प्रवेश गरेका अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर शनिवार रिलिज भएको छ । फिल्मको ट्रेलर एक्सनले भरपुर निकै दमदार रहेको छ । फिल्मको ट्रेलर हेरेर धेरैले प्रभासको पछिल्लो सुपरहिट फिल्म ‘बाहुबली २’को रेकर्ड तोड्ने अपेक्षा गरेका छन् ।
रिलिजको २४ घण्टामै ट्रेलरको १ करोड बढी भ्यूज भएपछि सो अड्ल गरिएको हो । फिल्मको ट्रेलर चारवटा भाषा (तमिल, तेलुगु, मलयालम तथा हिन्दी) मा शनिवार एकैचोटी रिलिज गरिएको हो । फिल्ममा प्रभासको साथमा नायिका श्रद्धा कपूरलाई देख्न सकिने छ ।
ट्रेलरमा प्रभास एक पुलिस अफिसरको भूमिकामा छन् जो एक खतरनाक गुन्डासँग भिडिरहेका देखिन्छन् । एक्सनलाई वास्तविक देखाउन फिल्ममा निकै मिहिनेत गरेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

%d bloggers like this: