Mon. Oct 2nd, 2023

लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ को ट्रेलर सार्वजनिक भएको छ । ओपेरा इन्टरटेन्मेन्टको निर्माण रहेको फिल्म ‘थेत्लङ’ निर्देशन किशोर सुब्बाले गरेका छन् । भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको उपन्यास थेत्लङलाई फिल्म बनाइएको हो ।
उपन्यासका लेखक देउमान होन्दाक हुन् । फिल्ममा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बु, शान्ति लिम्बु, मुनाहाङ लिम्बु, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बु, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङको प्रमुख भूमिका रहेको छ । मनि ताम्लिङ र विराज लिम्बू निर्माता रहेको चलचित्रमा कुल्वा सुब्बा, पविन आङ्देम्बे र यादन सेर्माको संगीत रहेको छ।

merofilm.com

Leave a Reply

%d bloggers like this: