Fri. Mar 29th, 2024

दशैंलाई प्रदर्शनको समय बताउदै आएको ‘रातो टिका निधारमा’ ले अन्तत फिल्म प्रदर्शनको मिति टुंगो लगाएको छ । यहि असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडीबाट प्रदर्शनमा आउने पक्का भएको हो । फिल्मको एक गीत सार्वजनिक भएको छ भने अन्य सामग्री छिट्टै सार्वजनिक गर्ने टिमको तयारी रहेको छ ।
अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा डेब्यु नायक अंकित उनकै छोरा हुन् । फिल्म किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्म मित्र देव गुरुङले सम्पादन गरेका हुन् । फिल्ममा साम्राज्ञी र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतको अभिनय छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: