Fri. Apr 19th, 2024

आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज्’ को निर्माण पक्षले राजधानीमा एक कार्यक्रम घोषणा गर्दै रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको छ । गीतमा शब्द र संगीत अर्जुन पोखरेलले दिएका छन् भने यसलाई विक्रम लामा र एञ्जिला खत्रीके कोरियोग्राफ गरेका छन् । यसमा सुशीलसँग डेब्यु गर्ल रुविना थापा रोमान्टिक देखिएकी छिन् ।
सौरभ चौधरीको निर्देशनमा बनेको फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । यस फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ ।

 

merofilm.com

 

Leave a Reply

%d bloggers like this: