Fri. Apr 19th, 2024

भदौ २७ बाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अनुप बिक्रम शाही र विक्रम जोशीलाई आक्रोशित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा फिल्मका अन्य मुख्य कलाकार संगै बलिउड नायिका सन्नी लियोनिलाई पनि देख्न सकिन्छ ।
सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा अनुप, सन्नी र विक्रम संगै बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के.आर थापा सह-निर्मातामा छन् । फिल्ममा सिमा गुरुङको कथा रहेको छ ।
महेश दवाडी र सम्राट बस्नेतको स्क्रीन प्ले रहेको फिल्ममा अर्जुन जि.सीको सम्पादन, अमर जीत सिंहको छायांकन, शौरभ लामाको डिओपी रहेको छ । सम्राटकै द्वन्द निर्देशन रहेको फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्दैछन ।

friday kollywood.com

Leave a Reply

%d bloggers like this: