Thu. Apr 25th, 2024

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न निर्देशन दिएको छ । समितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका अधिकारी समेतलाई बोलाएर आइफाबारे बहस चलाएपछि आइफा अवार्ड राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै रोक्न निर्देशन दिएको हो ।
आइफा अवार्डले नेपाल भ्रमण वर्ष २०२०लाई फाइदा नपुग्ने भन्दै अवार्ड रोक्ने निर्णय भएको हो । नेपालले यस अघि ४४करोड लगानी गरेर अवार्ड गर्ने निर्णय गरेको थियो । यसको समर्थन र बिरोध सर्वत्र भैरहेको छ । नेपालकै अवार्डकार्यक्रम संचालन गर्न नसकेको अवस्थामा बिदेशी अवार्ड समारोहका लागि ठुलो रकम खर्चिन लागेको भन्दै फिल्मकर्मीले बिरोध जनाएका थिए । साथै कतिपयले सम्पूर्ण राज्यलाई फाइदा हुन्छ भने अवार्ड रोक्न नहुने बताउदै आएका छन् ।
 

Leave a Reply

%d bloggers like this: