Thu. Apr 25th, 2024

विश्व चर्चित गायिका रिहाना संसारकै सबैभन्दा धनी गायिका बन्न सफल भएकी छिन् । फोब्र्स म्यागजिनका अनुसार रिहाना ६ सय मिलियन डलर कमाइ गरेर विश्वका अन्य चर्चित गायिकालाई पछाडि पारेकी छिन् ।
समाचार अनुसार रिहाना ६०० मिलियन डलर सम्पत्तीका कारण फोब्र्स पत्रिकाको र्याङकिङमा प्रथम स्थानमा रहेकी छिन भने दोस्रोमा ५७० मिलियन डलर सम्पत्ती भएकी म्याडोना दोस्रो स्थानमा छिन् ।त्यस्तै तेस्रोमा बियोन्से रहेकी छिन् जसको कमाई ४०० मिलियन डलर रहेको छ ।
रबिन रिहाना अलग किसिमको गायकीको कारण चर्चित छिन् साथै उनी बहुप्रतिभाशाली र फरक शैलीका कारण पनि उनको धेरैजसो गितहरु मन पराइएका छन् । उनको पप भर्सनमा रहेको वनली गर्ल र डायमन्ड्स निकै रुचाइएका गीतहरु हुन् ।
बार्बेडियन सिंगर रिहाना एक फेशन डिजाइनर,मेकअप उद्यमीको साथै नायिका र एक संस्थाको संस्थापक पनि हुन् ।
रिहाना विश्वको टप शौन्दर्य प्रशाधन कम्पनी फेन्टीको ब्रान्ड एम्बेसडर पनि हुन् । रिहानाको उपस्थिति पछि फेन्टी शौन्दर्य प्रशाधन देखि लिएर फ्रेन्च फेशन समूहसम्ममा रिहानाको फेशन ब्रान्ड फेन्टी प्रसिद्ध रहेको छ ।
 

Leave a Reply

%d bloggers like this: