Fri. Mar 29th, 2024
काठमाडाैं । 
अाफ्ना बहिनी ज्वाईँ आयुष शर्मालाई बलिउडमा डेब्यु गराउने तरखरमा रहेका बलिउड स्टार सलमान खान यतिबेला तनावमा रहेकाे समाचार बाहिर अाएकाे ।  सलमान बलिउडमा नयाँ कलाकार भित्र्याउन माहिर मानीन्छन् अधिकांश उनले डेब्यु गराएका कलाकारले चर्चा कमाउन सफल रहेका छन् तर सलमान खान यतिबेला भने तनावमा छन् । यसकाे कारण आफ्नो बहिनी ज्वाईँ आयुष शर्माको डेब्यु फिल्म ‘लभ रात्री’ रहेकाे छ । ज्वाईँ आयुष शर्माकाे अभिनय रहेकाे ‘लभ रात्री’ले हिन्दुवादीको भावनामा चोट पुर्याएको भन्दै विश्व हिन्दु परिषदले आक्रोस व्यक्त गरेको छ ।
 
परिषदले फिल्म नवरात्रीको व्याकग्राउण्डमा बनेको र नवरात्रीकै संघारमा रिलिज हुने भएको कारण चाडपर्वको नाम नै बिगारेको र हिन्दुवादीको भावनामा चोट पुर्याएकाे भन्दै फिल्म रिलिज गर्न नदिने घोषणा गरेको छ ।
लभरात्रीको फस्ट लुक सार्वजनिक भएपछि त्यसले खुबै चर्चा कमाएको थियो । लभरात्रीले जसरी चर्चा कमाएको थियो त्यसरी बिवादमा पर्न थालेको छ । पछिल्लो समय बलिउडमा निर्माण भएका फिल्महरुले विभिन्न धर्म तथा सम्प्रदायमा आँच आउने सन्देश दिएको भन्दै कहिले फिल्म शुटींग सेटमै आगो लगाउने त कहिले फिल्म रिलिज हुनै नदिने गर्दै आएको पाईएको छ । यसको पछिल्लो उदाहरण पद्यामावत तथा मणिकर्नीकालाई लिन सकीन्छ ।
 

Leave a Reply

%d bloggers like this: