Fri. Apr 26th, 2024

मनोरंजन संसार डटकम
जाने माने हलिउड एक्टर पियर्स ब्रोसनन पान मसालालाई लिएर इंडियन बिज्ञापन भिडियोको लागि खुबै चर्चामा आइरहेका छन् | सोसियल मिडियामा उनको धेरै मजाक पनि बनेको छ | उनले पान मसालाको बिज्ञापन गरेर आफ्नो दुनियाभरको फैन्स अचम्म चकित पारेका छन् | यो बिज्ञापनको अहिले सोसियल मिडियामा यति आलोचना भयो कि तंबाकू प्रोडक्ट भएको हुनाले सेंट्रल बोर्ड आफ फिल्म सर्टिफिकेशनले यस बिज्ञापन माथि आपत्ति जनाएर यसलाई ब्याण्ड समेत गरिदिएका छन् |
pierce-brosnan
यस बिज्ञापन गर्ने आफ्नो निर्णय प्रति दुखि हुदै पियर्स ब्रोसनन अन्तिममा यस मामलामा बोल्दै आफुलाई आफुले गरेको बिज्ञापन तंबाकू प्रोडक्टको रहेको भनेर थाहा नभएको बताएका छन् | उनले भने मलाई यो कन्ट्रयाकट अन्तर्गत झुट बोलिएको हो | उनले भने उनलाई यो एक माउथ फ्रेशनर या टुथ व्हाइटनरको बिज्ञापन रहेको भनिएको थियो | उनले भने आफुले कहिले पनि यो किसिमको बिज्ञापन गर्ने सोच्न पनि नसक्ने बताएका छन् जबकि उनले आफ्नो पहिलो श्रीमती र छोरीको साथमा थुप्रै साथीहरु क्यान्सरको कारणले गुमाई सकेका छन् |
हेर्नुस बिज्ञापनको भिडियो :

Leave a Reply

%d bloggers like this: