Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
कोहि व्यक्ति जो मरेको ७ साल पछि पनि अहिले बर्षमा ५५२३ करोड पैसा कमाईरहेका छन् भनेर सुन्दा सबैलाई अचम्म लग्न सक्दछ | तर त्यो व्यक्ति “किङ्ग आफ पोप'” माइकल जैक्सन हुन् भने त्यो पक्कै पनि सम्भव छ |
फोर्ब्स मैगजीनको वार्षिक मृतक सेलेब्रिटी लिस्टको अनुसार माइकल जैक्सनले १२ महिनामा रेकर्ड ब्रेकिङ्ग ८२.५ करोड डलर ( ५५२३ करोड पैसा ) कमाई गरेका छन् | यसमा सोनी/ATV म्युजिक पब्लिशिंग कैटालॉगमा माइकल जैक्सनको शेयर बेचे बापतको कमाई पनि जोडिएको छ |
फोर्ब्सको तर्फबाट हरेक बर्ष यस्ता मृतक सेलेब्रिटीजको लिस्ट जारी गरिन्छ जसको अहिले पनि निकै राम्रो कमाई हुने गर्दछ | माइकल जैक्सनको निधन २००९ मा भएको थियो | त्यति बेला देखि उनि २०१२ छोडेर हरेक बर्ष कमाईको मामलामा मृतक सेलेब्रिटी लिस्टमा पहिलो स्थानमा रहिरहेका छन् | २०१२ मा उनको यो स्थान माइकल जैक्सनको राम्रो मित्र अभिनेत्री एलिजाबेथ टेलरले लिएकी थिइन् | २०१६ को लिस्टमा एलिजाबेथ टेलर १३ औ स्थानमा रहेकी छिन् |
मृतक सेलेब्रिटी की ताजा लिस्टमा दोस्रो स्थानमा पीनट्सको रचयिता र कार्टूनिस्ट चार्ल्स एम शुल्ज रहेका छन् | तर उनको र माइकल जैक्सनको कमाईमा धेरै नै अन्तर रहेको छ | लिस्टको तेस्रो स्थानमा भने गोल्फ लीजेंड आर्नल्ड पालमेर रहेका छन् |

Leave a Reply

%d bloggers like this: