Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
bibek-limbu
नेपाली चलचित्र क्षत्र अब बिस्तारै विकास तर्फ उन्मुख भैरहेको छ | अहिले नेपालमा पनि निकै नै राम्रा र उत्कृष्ट चलचित्र बन्ने क्रम सुरु भएको छ | चलचित्र संगै नया र अब्बल कलाकारहरुको पनि आगमन यस क्षत्रमा भैरहेको अवस्था छ | कुनै पनि चलचित्र राम्रो हुनको लागि जति हात चलचित्रको निर्देशकको हुन्छ त्यतिकै महत्वो कलाकारको हुन्छ चाहे त्यो मुख्य कलाकार होस या त फेरी सह कलाकार | सबैको भूमिका उत्ति नै महत्वोपूर्ण हुने गर्दछ | अहिले नेपाली चलचित्रको नयापन र बदलिदो मुहार संगै थुप्रै नया कलाकारहरुको पनि यस क्षत्रमा आगमन भयो | केहि कलाकारहरु सफलताको नजिक पुगे भने केहि कलाकारहरु असफलताको अध्यारोमा हराउनु पर्यो | अहिले नेपालमा सफल डेब्यु कलाकारहरुको सुची निकै कम छ | तर यहि कम सुची भित्र समेत पर्न सफल भएका छन् कलाकार विवेक लिम्बु | कतिलाई उनको यो नामबाट उनलाई ठमयाउन गार्हो होला | तर उनलाई प्रायले “हात्ती” उपनाम बाट चिन्ने गर्दछन् जुन नाम उनले अहिलेको सर्भादिक सफल चलचित्र “वीर विक्रम” बाट पाएका छन् | हो उनि यसै चलचित्र मार्फत पहिलो पटक “हात्ती” भन्ने पात्रबाट डेब्यु गर्दै रजतपटमा उदाएका हुन् |
bir-bikram
bir-bikram
चलचित्र निकै सर्भादिक सफल रहयो त्यो संगै चलचित्रले यी नया कलाकारलाई पनि एकैपटकमा नेपाली चलचित्र क्षत्रमा स्थापित गराईदिए | चलचित्रमा उनि सुपरस्टार नायक दयाहाङ्ग राई संग सह कलाकारको भूमिकामा “हात्ती” भन्ने उपनामको पात्रको माध्यमबाट देखिएका छन् | कत्तिलाई नायक दयाहाङ्ग संगको अभिनयमा देखिएर उनि सफल भएको भान समेत हुनसक्छ | तर त्यो बिल्कुलै गलत हो किन भने चलचित्रमा उनको अभिनय अब्बल रहेको छ र देशभर मात्र नभएर देश बाहिरको दर्शकहरुबाट समेत उनले प्रशंसा बटुल्न सफल भएका छन् | चलचित्र प्रदर्शन संगै उनि हलमा पुग्दा उनि संग कुरा गर्न र फोटो खिच्ने दर्शकहरुको घुइचो नै देखिएको थियो | उनि निकै भाग्यमानी कलाकारमा समेत पर्दछन् जसले पहिलो आफ्नो डेब्यु भूमिकाको अभिनयबाट नै थुप्रै दर्शकहरुको मनमा राज गर्न सफल भए |
bibek-limbu
चलचित्रमा उनि गाउको सोझो ठिटोको सरल भूमिकामा देखिएका छन् र वास्तविकतामा समेत उनि त्यतिकै सरल र सहज व्यक्ति रहेका छन् | नेपालको सुन्दर नगरी धरानमा जन्मेका उनि केहि बर्ष यता बेलायतका बासिन्दा हुन् | उनि अहिले बेलायतमा मोडलिङ्ग पेशामा अग्रसर छन् र उनले अभिनय सम्बन्धि पढाई समेत पुरा गरिसकेका छन् | हेन्डसम फेस अग्ला उचाई र सुहाउदो कद भएका उनि यतिबेला अधिकांश दर्शकहरुको मनमा बसेका छन् | उनि निकै आकर्षकको लूक्सको साथमा स्टाईलिस समेत रहेका छन् |उनको बोलि व्यवहार र आचरणले समेत चर्चा पाएको छ | दर्शकहरु संगको हेरफेर र भलाकुसारीको समयमा उनको व्यवहारले थुप्रै दर्शकहरुलाई खुसि तुल्याएको छ | उनको पहिलो डेब्यु चलचित्रको सफलता संगै उनलाई थुप्रै नया चलचित्रहरुबाट अभिनयको लागि प्रस्ताव समेत आइसकेका छन् |
bibek-limbu
उनि हाल बेलायतमा छन् | उनि केहि समय अगाडी आफ्नो पहिलो डेब्यु चलचित्र “वीर विक्रम” को प्रोमोशनको लागि नेपाल आएका थिए भने अहिले उनि पुन बेलायत फर्किसकेका छन् | उनि आफु बेलायत भए पनि आफ्नो मन सधैब यता नेपालमै रहने टिप्पणी गरेका छन् | उनले आफ्नो पहिलो प्राथमिकतामा अभिनय रहेको र नेपाली चलचित्र क्षत्रमा निरन्तर लागिपर्ने आफ्नो लक्ष रहेको कुरा समेत उनले उल्लेख गरेका छन् |
bibek-limbu
आफ्नो जीवन नेपाली चलचित्र क्षत्रमा समर्पित गर्ने र नेपाली चलचित्र क्षत्रको बृधि विकासको निमित्त हर हमेशा लागिरहने विश्वास उनले ब्यक्त गरेका छन् | दर्शकहरु भनेको आफ्नो लागि भगवानको स्वरुप रहेको त्यसैले उहाहरुको माया र साथले नै आफु अगाडी बढ्न सक्ने कुरा पनि उनले बताएका छन् | त्यस्तै उनले सम्पूर्ण दर्शकहरुलाई जहाँ भएपनि नेपाली चलचित्रलाई आफ्नो चलचित्र मानेर हेरेर माया र सम्मान गरि आफ्नो कमि कमजोरीहरुलाई औल्याएर सहि मुल्यांकन गरि सल्लहा सुझाब प्रदान गरिदिनुहुन हृदयबाट हार्दिक अनुरोध समेत गरेका छन् | त्यसै गरि आफ्नो अभिनयलाई अझै निखारेर दर्शकहरुलाई निकै राम्रो कुराहरु उत्कृष्ट रुपमा प्रस्तुत गर्ने प्रयास आफुले सधै गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |
bibek-limbu

Leave a Reply

%d bloggers like this: