Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालको कला संस्कृति र पहिचानलाई नेपाल बाहिर समेत चिनाउने काम सबैले गरिरहनु भएको छ | कसैले गीत संगीतको माध्यमबाट कसैले चलचित्र त कसैले आफ्नो व्यक्तिगत तरिकाबाट | यसै बीच एक यस्तै नेपाली हुन् विकास फुयेल जो अमेरिकामा हुनुहुन्छ तर उहाले नेपाली संस्कृतिको उत्थान गर्ने काममा आफ्नो पाईला सार्दै हुनुहुन्छ | अमेरीकाको ओहायो राज्य सिन्सिन्याटी शहरमा अवस्थित पहिलो नेपाली ग्रोसरी स्टोर उहाले सबैको लागि संचालनमा लिएर आउनु भएको छ | त्यहाँ नेपाली संस्कृतिक सबै सामानको साथसाथै नेपाली चलचित्र र नेपाली गीत संगीतको सिडीहरु समेत उपलब्ध रहेको छ | उनि आफु पनि संगीत र चलचित्र प्रेमी रहेको र त्यहाँ आउने सबैलाई नेपाली चलचित्र र गीत संगीत तथा संस्कृतिको बारे बताउने गरेको समेत जानकारी दिएका छन् |
bikash-phuyel
bikash-phuyel
नेपाली मात्र नभएर बिदेशी समेत नेपाली संस्कृतिको कदर गर्ने कुरा उनले बताएका छन् | आफ्नो स्टोरमा रहेको नेपाली गीत संगीत र नेपाली चलचित्रहरुको सिडी सबै बर्गको व्यक्तिहरु आएर खोजेर लैजाने समेत गरेको कुरा उनले खुलाएका छन् | नेपाली चलचित्र र गीत संगीतको स्थर अब नेपाल बाहिर समेत बिस्तारै बढ्दै गरेको कुरा यी यस्ता उदहारणहरुले पुस्टि गर्दछ | नेपाल र नेपालीको संस्कृतिलाई नेपाल बाहिर समेत चिनाउन उहाको यी यस्ता प्रयासलाई सम्मान गर्दै मनोरंजनसंसार डटकम परिवारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दै उत्तर उत्तर प्रगतिको कामना गर्दछौ |
bikash-phuyel

Leave a Reply

%d bloggers like this: