Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
saroj-lama
पछिल्लो समय नेपाली सांगीतिक आकाशमा धेरै ताराहरु चमिक्दै छन् तिमध्येका एक तारा सरोज लामा पनि हुन् | उनले पहिलो पल्ट नेपाली सांगीतिक क्षेत्रमा “चोखो माया” नामक गीतबाट पाइला राखेका छन् | अहिले बजारमा उनको यस गीतले निकै नै चर्चा पाइरहेको छ | आफु नया कलाकार भएपनि दर्शकहरुलाई राम्रो गीत संगीत प्रस्तुत गर्छु भनेर आफु यस क्षेत्रमा प्रवेश गरेको कुरा उनि बताउछन् | मनोरंजनसंसार डटकमले गाएक सरोज लामासंग गरेको कुराकानीको केहि अंश :
के छ हजुर सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु |
अनि आजभोली कता ब्यस्त हुनुहुन्छ ?
अहिले त म आफ्नो नया गीतको तयारीमा नै ब्यस्त छु | अब २ महिना भित्र मेरो नया गीत आउदै छ त्यसैको लागि दौडधुप गर्दैछु |
हजुरको लागि गीत संगीत के हो ?
मेरो लागि गीत संगीत आफुलाई सधै खुसि र सन्तुलित राखने माध्येम हो | गीत संगीत मन नपराउने मान्छे यहाँ को नै छ होला र | गीत संगीतले कसैलाई पनि खुसि पार्न सक्छ एक किसिमको आनन्द प्रदान गर्न सक्छ | मेरो बिचारमामा गीत संगीत मान्छेको एउटा असल साथी हो र मन भुलाउने बाटो पनि हो |
अहिले हजुरको “चोखो माया” बोलको गीत बजारमा आएको छ कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले मेरो “चोखो माया” भन्ने गीतबाट पहिलो पल्ट यस क्षेत्रमा पाइला राखेको हु र मेरो पहिलो प्रयासमा नै मलाई धेरै दर्शकहरुले मनपराई दिनुभएको छ | सबैतिर बाट राम्रो छ भन्ने प्रतिक्रिया पाएको छु | सम्पूर्ण दर्शकहरुको यस्तो हौसलाले मलाई अगाडी बढ्ने साहस पनि प्रदान गरेको छ |
हजुरको परिवारबाट हजुरलाई कत्तिको सहयोग र हौसला प्रदान भैरहेको छ ?
मलाई मेरो परिवारबाट पुरा सहयोग र हौसला मिलेको छ |
अहिले यो बेलामा यतिका धेरै गाएक गाईकाहरु छन् के हजुर उनीहरु बीच टिक्न सक्नुहुन्छ त ?
कलाकारहरु त धेरै हुनु हुन्छ अझै नया कलाकार आउने क्रम पनि बढ्दो छ तर पनि सबै यहाँ अटाई रहेकै छन् | हेर्नुस यो क्षेत्र निकै नै ठुलो छ यहाँ सबै रहन सक्छन तर कुन समय सम्म भन्ने कुरा आफुमा भर पर्छ र सम्पूर्ण रुपमा दर्शकहरुको हातमा छ | मलाई लाग्छ सबै भन्दा पहिला आफ्नो कामबाट आफु सन्तुष्ठ हुनुपर्छ | त्यसैले म आफु सन्तुष्ठ भएकोले अरुलाई पनि खुसि दिन सक्छु भन्ने विश्वास म भित्र छ | म आफु योग्गे छु म भित्र इच्छा छ त्यसैले म कहिले पनि पछि हट्ने छैन |
कत्ति गाह्रो हुदो रहेछ त गीत निकाल्नलाई ?
अब हेर्नुस सजिलो त कुन काम हुन्छ र तर इच्छा चाहना भएसी सबै काम सजिलो लाग्दो रहेछ | मलाई गीत संगीत प्रति धेरै लगाव छ त्यसैले गर्दा पनि मलाई खास्सै गाह्रो भएन |
तपाइलाई कस्तो कस्तो गीत गाउन रुचि लाग्छ ?
मलाई आधुनिक कलासिकल गीतहरु गाउन मनपर्छ | तर म एउटा कलाकार भएकोले सबै थरिको गीत म गाउछु |
गीत संगीत बाहेक हजुर अरु के गर्नुहुन्छ ?
मेरो आफ्नै कनसट्रक्सनको व्यापार छ | म गीत संगीत बाहेक त्यता पनि सक्रिय छु |
अनि गीत संगीतमा चाही कसरी प्रवेश गर्नुभयो नि ?
म सानै देखि नै गीत संगीतमा रुचि र लगाव भएको मान्छे हु | बिस्तारै बुज्दै गए तर आफ्नै व्यक्तिगत समस्याः ले गर्दा म यो क्षेत्रमा प्रवेश गर्न सकिन | अहिले सहि समय र आफु योग्गे सम्झेर यस क्षेत्रमा प्रवेश गरेको हु |
हेन्डसम हुनु हुदो रहेछ अनि बिवाह गर्नु भाको छ कि नाई ?
अहिले त बिवाह गरेको छैन |
अहिले प्राय सबै आफ्नो गीतको भीडियोमा आफै खेलछन् तर हजुरले चाही खेल्नु भएन नि किन ?
मेरो पहिलो गीत भएको हुनाले गर्दा पनि म अलि धेरै मेरो गीत संगीतमा नै फोकस भए | अब अर्को मेरो गीतमा म आफै अभिनयमा देखिने प्रयास गर्नेछु |
आफुलाई यो क्षेत्रमा आउनको लागि कसलाई प्रेणाको स्रोत मान्नु हुन्छ ?
म निरु लामालाई आफ्नो प्रेणाको स्रोत मान्छु | म निरु लामालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किन कि उहाले नै मलाई यस क्षेत्रमा आउन सबैभन्दा धेरै हौसला प्रदान गर्नुभएको छ | आज उहाकै कारणले म यो ठाउमा उभिएको छु |
अन्त्यमा यो क्षेत्रमा अग्रसर व्यक्तिहरुलाई र हजुरको सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
म यस क्षेत्रमा अग्रसर व्यक्तिहरुलाई के भन्न चाहन्छु भने हामी सबै यो क्षेत्रमा केहि गर्ने भनेर आएका हौ त्यसैले हामी जस्तो नव कलाकारहरुलाई साथ र हौसला प्रदान गरिदिनु होस् | हाम्रो पनि मनोवल बलियो बनाइदिनुहोस् | त्यसै गरि म मेरा सम्पूर्ण प्यारा दर्शकहरुलाई मैले पहिलो पल्ट यस क्षेत्रमा पाइला राखेको छु त्यसैले कमि कमजोरीलाई औल्याई दिनुहोस् र सल्लाह सुझाब दिएर अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहोस् भन्न चाहन्छु | तपाईहरुको साथ र हौसलाले अगाडी अझै राम्रो गीत संगीत तपाईहरु माझ पस्किने छु | त्यसै गरि जहाँ भएपनि नेपाली गीत संगीत र नेपाली कलाकारहरुलाई सधै माया गरिदिनुहोस् भन्न चाहन्छु |

%d bloggers like this: