Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बॉलीवुडका सुपरस्टार सलमान खानका फैन्सको लागि एउटा खुसीको खबर आएको छ | केहि दिन अगाडी ‘सुल्तान’को मोबाइल गेम लॉन्च गरिएको छ जसमा तपाई पनि अब सलमानले जस्तै रिङ्गमा रेसलिङ्ग खेल्न सक्नुहुन्छ |
खासमा फिल्म ‘सुल्तान’को निर्माताहरुले फिल्मको प्रमोशन को लागि एउटा गेम एप ‘सुल्तान: द गेम’ लॉन्च गरेका हुन् | यस गेमलाई यश राज फिल्मको सहयोगले ९९गेम्स द्वारा बनाइएको हो |
सलमानले ट्विटरमा यस गेमको लिंक पनि शेयर गरेका छन् जसले गर्दा उनको फैन्सको लागि यसलाई डाउनलोड गर्न सजिलो हुनेछ |
यसका साथै उनले कैप्शन लेखेका छन् कि,’सुल्तान महज एउटा गेम मात्र हैन, बल्कि यो एउटा साहसिक खेल हो ‘
यो फिल्म एक हरियाणवी पहलवान, सुल्तान अली खानको कहानीमा आधारित रहेको छ |केहि दिन अगाडी लॉन्च भएको यस गेमलाई तपाईहरुले गूगल प्ले स्टोरबाट बिल्कुल फ्री डाउनलोड गर्न सक्नुहुनेछ | यस गेमका केहि झलक…
sultan
sultan
sultan

%d bloggers like this: