Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
sumi-chamling-rai
अहिले नेपाली गीत संगीत क्षेत्रमा उदाउदो ताराको रुपमा एउटा नाम सुमी चाम्लिङ्ग राई निकै चर्चामा आइरहेको छ | धेरै बर्ष अगाडी “दिक्तेल बजार” भन्ने गीतबाट यस क्षेत्रमा प्रवेश गरेका उनि अहिले सबैको आखामा बस्न सफल भएकी छिन् | अहिले उनको नया पोप गीत बोले पनि ले निकै चर्चा कमाईरहेको छ |उनले मनोरंजनसंसार डटकम संग गरेको कुराकानी हेर्नुस :
के छ हजुर सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु |
अनि आजभोली कता ब्यस्त हुनुहुन्छ ?
अहिले त म आफ्नो नया गीतको तयारीमा नै ब्यस्त छु | अब २ महिना भित्र मेरो नया एल्बम आउदै छ त्यसैको लागि दौडधुप गर्दैछु |
हजुरको लागि गीत संगीत के हो ?
म आत्मसन्तुष्टिको लागि गीत गाऊछु | गीतले मलाई शान्ति दिन्छ | मेरो बिचारमा गीत संगीत भनेको मन भुलाउने बाटो हो | गीत संगीतले कुनै पनि मान्छेलाई खुसि बनाउन सक्छ |
अहिले हजुरको “बोलेपनि” बोलको गीत बजारमा आएको छ कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अहिले सबै तिर बाट राम्रो प्रतिक्रिया पाईराखेको छु | सबैले राम्रो गर्नुभएको छ भनेर हौसला प्रदान गर्नुभएको छ |
हजुरको परिवारबाट हजुरलाई कत्तिको सहयोग र हौसला प्रदान भैरहेको छ ?
मलाई मेरो परिवारबाट सम्पूर्ण सहयोग प्रदान भैरहेको छ | अनि धेरै नै हौसला पनि दिनु हुन्छ सबैले |
अहिले यो बेलामा यतिका धेरै गाएक गाईकाहरु छन् के हजुर उनीहरु बीच टिक्न सक्नुहुन्छ त ?
हेर्नुस म यो क्षेत्रमा चर्चित हुन र पैसा कमाउन आएको हैन | म संग क्षेम्ता छ र मलाई इच्छा छ त्यसैले म अहिले यो क्षेत्रमा छु | म कसैसंग प्रतिस्पर्दा गर्न आएको हैन | म मेरो खुबीले मेरो गाएन कलाले दर्शकहरुलाई खुसि पारेर यो क्षेत्रमा केहि योगदान दिन आएकी हु | त्यसैले म यो क्षेत्रमा टिक्न सक्छु या सक्दिन यो दर्शकको कुरा हो तर म कहिले पनि पछि हट्ने छैन |
कत्ति गाह्रो हुदो रहेछ त एल्बम निकाल्नलाई ?
हेर्नुस सबै काम गर्न गाह्रो हुन्छ मलाई पनि गाह्रो भयो तर सबैको सहयोग र हौसलाले गर्दा मलाई धेरै कठिनाई भएन |
तपाइको जब सम्म गीतले हजुरलाई अवार्ड पनि दिलायो कस्तो महसुस गर्नुभएको छ ?
धेरै नै खुसि महसुस गरेको छु | मैले पाएको यो सफलताले मलाई अगाडी बढ्न धेरै नै हौसला प्रदान गरेको छ | मलाई यो अवार्डको लाएक सम्झिनु भएकोमा सम्पूर्णलाई म मनै देखि धन्यवाद दिदै आभार प्रकट गर्नचाहन्छु |
तपाइलाई कस्तो कस्तो गीत गाउन रुचि लाग्छ ?
मलाई चाही अनप्लग वेस्टर्न गाउन इच्छा लाग्छ | तर म एउटा गाईका भएकोले म सबै गीत गाउछु मलाई यो त्यो भन्ने छैन | मलाई आत्मसन्तुष्टि मिल्ने म सबै गीत गाउछु |
गीत संगीत बाहेक हजुर अरु के गर्नुहुन्छ ?
मेरो आफ्नै सानो बिजनेस छ म त्यता पनि सक्रिय छु |
अनि संगीतमा चाही कसरी प्रवेश गर्नुभयो नि ?
म सानै देखि गीत संगीतमा रुचि भएको मान्छे हु | मैले सानोमा धेरै गीत गाउदै गर्दा मलाई सबैले राम्रो छ भनेर हौसला प्रदान गर्नुहुन्थ्यो त्यसैले पनि म सबैको साथले यो क्षेत्रमा प्रवेश गरेकी हु |
हजुरलाई लोक गीतले चिनायो र अहिले हजुर पोप तिर पनि अग्रसर हुनुहुन्छ कत्तिको गाह्रो हुदो रहेछ यसरी लोकबाट एक्कासी पोपमा आउदा ?
अब गाउने मान्छेलाई खास्सै गाह्रो हुदैन रहेछ तर पनि नया पाटोमा यसरी आउदा केहि चुनौती थियो तर पनि मैले यो पाटोमा समेत आफुले पुरा न्याय गर्ने प्रयास गरेको छु |
हजुर लोक गीतबाट एक्कासी कसरी पोपमा आउनुभो ?
अहिले सबैलाई नया कुरा चाहिएको छ त्यसैले पनि दर्शकहरुलाई केहि नया टेस्ट नया कुरा दिउ भनेर पोप तिर प्रवेश गरेकी हु | आशा छ मेरो यो प्रयासलाई पनि सम्पूर्ण दर्शकहरुले मनपराई दिनुहुनेछ |
अन्त्यमा यो क्षेत्रमा अग्रसर व्यक्तिहरुलाई र हजुरको सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
म यो क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई सम्मान गर्छु | म उहाहरुलाई नया कलाकारहरुलाई पनि हौसला प्रदान गरिदिनुस साथ दिनुस भन्न चाहनछु |
त्यसैगरि म सम्पूर्ण दर्शकहरुलाई म केहि राम्रो गर्छु भनेर यो क्षेत्रमा आएकी छु मलाई हजुरहरुको साथ अनि हौसलाको खाचो छ त्यसैले सधै सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु | त्यसैगरि सधै नेपाली गीत संगीतलाई नेपाली कलाकारहरुलाई माया गरिदिनुहोला भन्न चाहन्छु |

%d bloggers like this: