Sun. Jun 4th, 2023

मनोरंजनसंसार डटकम
केटाको तलब र केटीको उमेर सोध्नुहुन्न भन्ने चलन हाम्रो समाजमा प्रख्यात छ। तर, बलिउड अभिनेत्री सोनम कपुरले उमेर भन्न आफूलाई कुनै लाज नभएको बताएकी छन्।उनले भनिन्, ‘ म ३१ वर्षकी भएँ। मलाई आफ्नो उमेर भन्न कुनै लाज छैन्।’
अभिनेता अनिल कपुरकी छोरी सोनम बिहिबारबाट ३१ वर्षकी भएकी छन्। यससँगै उनले गत वर्ष आफ्ना लागि उत्कृष्ट वर्ष सावित भएको बताइन्।
‘प्रत्येक वर्ष मेरो राम्रो हुँदै गएको छ। मैले आफूलाई म ठीक छू की बेठीक भनेर सोचेको छैन्। मलाई पलपलमा बाँच्न मनपर्छ।’
गत वर्ष निरजा फिल्ममा गरेको अभिनयका लागि उनले चौतर्फी तारिफ बटुलेकी थिइन्।

%d bloggers like this: