Wed. Apr 24th, 2024

sunil thapaनेपाली कलाकार सुनिल थापाले अभिनय गरेको बलिउड चलचित्र मेरी कोमले सर्वश्रेष्ठ चलचित्रको उपाधि जितेको छ । स्टाकहोम अन्तर्राष्ट्रीय चलचित्र महोत्सवमा मेरी कोमले सोमबार सर्वश्रेष्ठ चलचित्रको उपाधि पाएको हो । प्रियंका चोपडा र सुनिल थापा,डेनी डेङ्जोङ्पा तथा दर्शन कुमारको मुख्य भुमिका रहेको चलचित्रलाई ओमंग कुमारले निर्देशन गरेका हुन् । स्वीडेनको स्टकहोममा भएको अन्तर्राष्ट्रीय चलचित्र महोत्सवलाई जूनियर सर्वश्रेष्ठ चलचित्रको नाम समेत दिइएको छ । ओलम्पिक स्वर्ण पदक विजेता बक्सिङ खेलाडी मेरी कोमको जिवनीमा आधारित चलचित्र मेरी कोमले भारतमा समेत आधा दर्जन उपाधि पाइसकेको छ । उपाधि पाएपछि मेरी कोमलाई स्वीडेनमा समेत प्रदर्शन गरिने भएको भन्दै चलचित्रका निर्देशकले उपाधिपछि आफुहरु थप उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।  चलचित्रमा नायिका प्रियंका चोपडाले मेरी कोमको भूमिका निर्वाह गरेकी छिन् भने सुनिल थापा उनको प्रशिक्षकको भूमिकामा प्रस्तुत भएका छन्।

%d bloggers like this: