Wed. Apr 24th, 2024

अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको चलचित्र रेशम फिलीलीको गीत ‘जालैमा’को भिडियो अहिले भाइरल बनेको छ । तिन दिनअघि मात्र युट्युबमा अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म २ लाख २४ हजार भन्दा बढिले हेरिसकेका छन् । नेपालमा अडियोले हंगामा गरिरहेको बेला अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको जालैमाको भिडियो यति बेला दर्शकहरले निकै रुचाएका छन् । अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरु मिलेर निर्माण गरेको समुह द नेक्स्टले निर्माण गरेको उक्त भिडियो ५ मिनेटको छ ।

सो भिडियोमा उक्त गीतमा दुई भिन्न स्थानमा नृत्य गरिएको देखाइएको छ । उक्त भिडियोमा सुरक्षा थापा, प्रदीप लामा, अमित बज्राचार्य, साजिया मिया, प्रभा दवाडीले नृत्य गरेका छन् । भिडियोलाई प्रदीप लामाले करियोग्राी गरेका छन् भने आशिक रेग्मीले खिचेका हुन् ।अष्ट्रेलियाका युवायुवतीले आर्कषक डान्स प्रस्तुत गरिएको उक्त भिडियो अझ भाइरल भएपछि निर्माणपक्ष अर्को तनाबमा देखिएको छ । अडियोले यति बेला बजार राम्रै तताइरहेको बेला अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको जालैमाको भिडियो तयार पारेपछि यस गीतको वास्तविक भिडियो कस्तो बनाउने भन्ने चिन्ता यति बेला निर्माणपक्षलाई छ । हालसम्म चलचित्र रेशम फिलीलीको जालैमा बोलको गीतको भिडियो तयार भइसकेको छैन ।

%d bloggers like this: