Fri. Apr 19th, 2024

अर्घाखाचीमा जन्मेर पाल्पा र बुटवलमा उच्च शिक्षा हासिल गरेकी नेपाली सिने नगरीमा  ‘इन्द्रेणी’ चलचित्रबाट आफ्नो रंगिन यात्रा सुरु गरेकी नायिका नन्दिता केसी नर्स बन्ने योजनामा थिइन् । नर्स बन्ने इच्छा छाडेर सिने क्षेत्रमा लागेको बताउने नायिका नन्दिता आज भोलि सिने नगरीमा त्यति देखा परेकी छैनन् । आफू साधारण विचारधाराको रहेकी बताउने नन्दिता पछिल्लो समय चलचित्र ‘बाबरी’ को काममा व्यस्त छिन् । उनै नायिका नन्दिता केसीसँग मनोरञ्जन संसारडटकमका सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :

तपाई पछिल्लो समय फिल्मक्षेत्रबाट हराउँदैं जानुभएको हो ?
कसले भन्यो म फिल्म क्षेत्रबाट टाढा भएको छु भनेर,मेरो हरेक नशा नशामा चलचित्र छ । केहि कारणले म केहि महिना फिल्महरुमा देखा परिन तर अब अझै पनि केहि फिल्महरुको छायांकनमा व्यस्त छु ।

तपाईले अभिनय गरेका पछिल्ला चलचित्रहरु त फ्ल्प हुदैं गएनी हैं ?
हो केहि चलचित्र भए तर सबै त्यस्त छन् भन्न मिल्दैन । फ्ल्प भएका चलचित्रहरुको कथा वस्तु निकै बलियो छ व्यापारको हिसाबले फ्ल्प भएपनि चलचित्रको कथावस्तुको हिसाबले मैले अभिनय गरेको प्राय चलचित्रहरु सफल छन् ।

nandita

तपाईको मासिक आम्दानी कति हुन्छ ?

हैन नभनौ ।

तपाईको कस्मेटिकमा महिनाको कति सम्म खर्च हुन्छ ?
त्यही ४/५ हजार हुन्छ होला ।

तपाईले कति हजार वा लाख सम्ममा चलचित्र या म्युजिक भिडियो खेल्नु हुन्छ ?
यसबारेमा केहि नभनौ क्यारे ।

तपाई स्कुटी चड्नु हुन्छ कि गाडी ?
स्कुटी ।

फिल्मी क्षेत्रमा काम गर्नु भएको यतिका बर्ष भयो गाडी चड्ने हैसियत किन बनाउनु भएन ?
फिल्म क्षेत्रमा लाग्ने भन्ने वितिकै गाडी नै चड्नु पर्छ भन्ने छैन ।

nanditaफिल्म र मोडलिङ क्षेत्रमा निर्माताले नायिका या मोडल सग के अपेक्षा गरेको हुन्छ ?

तपाईले कुरा घुमाएर भन्नु भयो त्यस्तो केही पनि चाहेका हुदैनन् एउटा राम्रो अभिनयको खोजी गरेका हुन्छन् । र आज सम्म म बाट पनि यहि नै अपेक्षा गरेका थिए र छन् ।

मनोरञ्जन क्षेत्रमा सेक्सुअल क्रियाकलाप बढी मात्रामा हुन्छन् भनिन्छ त्यो कतिको साचो हो  ?
अरु क्षेत्रमा पनि हुन्छन् तर यस क्षेत्रमा सबैको नजर पर्ने भएकाले होला तर त्यो आफूमा भर पर्ने कुरा हो ।

तपाई सेक्सलाई कसरी हेर्नुहुन्छ ?
सेक्स प्रकृतिको देन हो । यसलाई सहि प्रयोग गर्नुपर्छ ।

तपाई नढाटी भनिदिनुहोस न, तपाईले सेक्स गर्नुभयो ?
अह, छैन ।

तपाईलाई सेक्सको अफर आयो कि आएन ?
मेरो अहिलेसम्मका अभिनयबाट म संग कसैले त्यस्तो अपेक्षा गरेका छैनन् ।

तपाई आफ्ना दर्शकलाई के भन्न चाहानु हुन्छ ?
मलाई आज सम्म माया गरिरहनु भएको छ सधै यसरी नै माया गर्दै जानु होला । फेरी एउटा कलाकारले दर्शकहरुबाट गर्ने अपेक्षा सायद यही नै हो । म पनि यही भन्न चाहन्छु । म केही समय तपाईहरुबाट टाढा हुन पुगेपनि अब तपाईहरुकै साथमा रहने छु ।

 

%d bloggers like this: