Fri. Apr 26th, 2024

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र अलविदाको एउटा र्शीष गीत रिलिज भएको छ । ‘जिन्दगीको दुई एक पल तिमीलाई’ नामक बोलको गीतमा आज चलचित्र युनिटले सार्वजनिक गरेको छ । गीतमा आर्यन सिग्देल र अनिता आचार्यको प्रेमलाई देखाउन खोजेको छ । निकै मिठो आवाज र शब्दको ‘जिन्दगीको दुई एक पल तिमीलाई’ गीतले दर्शकको मन तान्नेमा चलचित्र युनिट विस्वस्त देखिएको छ ।

aalvidaसार्वजनिक गीतमा सुक गुरूङको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा तारासँगै रजिना रिमालले स्वर भरेका छन् । करियोग्राफी रामजी लामिछानेको रहेको छ भने छायाँकन रामेश्वर कार्कीले गरेका हुन् । पौष २५ गते देखि प्रर्दशनमा आउन लागेको चलचित्र अलविदालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अलबिदामा अनिता आचार्य, आर्यन सिग्देल र हसन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=MPtVKj6OYPY#t=66

%d bloggers like this: