Tue. Apr 23rd, 2024

५ बर्ष देखी नेपाली म्युजिक भिडियोमा करिब ३ दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका अहिलेका चर्चित मोडल दिक्पाल कार्की अब चलचित्रमा पनि देखिने भएका छन् । उनीद्धारा अभिनित चलचित्र रंग बैजनी मंसिर १९ गते देशभर प्रदर्शनमा आउदै छ । फिल्म ‘रंग बैजनी’ मार्फत अभिनयमा पाइला राखेका दिक्पाललाई उक्त फिल्म सफल भए अगामी दिनको नयाँ बाटो खुल्ने छ । त्यसैले पनि उनी पछिल्लो समय चलचित्रको प्रमोशनमा निकै दौडधुपका साथ लागी परिरहेका छन् । शम्भु प्रधान निर्देशित ‘रंग बैजनी’ मा दिक्पाल अभिनेत्रीद्वा गरिमा पन्त र सुमिना घिमिरेसँग देखिँदैछन् । उनै नायक दिक्पाल कार्की सगँ मनोरञ्जन संसारडटकमले गरेको संक्षिप्त कुराकानी :
१.पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
त्यहि हो अब मंसिर १९ गते चलचित्र रंग बैजनी प्रदर्शनमा आउदै छ त्यसैको प्रमोशनमा नै व्यस्त छु । अनि आफ्नो काम त छदै छ ।
२.रंग बैजनी कस्तो फिल्म बनेको छ ?
मैले सोचेको भन्दा पनि राम्रो बनेको छ । किनकी शम्भु प्रधान जस्तो निर्देशकले निर्देशन गर्नुभएको चलचित्र नराम्रो होला भन्ने कसले पो चस्टा गर्न सक्थो होला र । चलचित्र रंग बैजनी निकै राम्रो बनेको छ । सबै परिवार बसेर हेर्न मिल्ने बनेको छ । म विस्वस्त छु चलचित्रले आम दर्शकको मन जित्न सफल हुन्छ भन्नेमा ।
३.म्युजिक भिडियोमा काम गर्दा गर्दै फिल्म प्रवेश गर्नुभयो के देख्नु भयो र यस क्षेत्रमा प्रवेश गर्नुभयो ?
के देखे भन्दा पनि मेरो यो सानै देखीको सोख हो । म्युजिक भिडियोमा काम गर्दा गर्दै फिल्म क्षेत्रमा प्रवेश गर्नु भनेको राम्रो हो मैले यस क्षेत्रमा ठुला ठुला सपना देखेर लागेको होइन यस क्षेत्रमा म केहि गरेर देखाउछु भन्ने सोचले लागीपरेको हुँ ।
dikpal karki४.अहिले भन्ने गरिन्छ पहिलो फिल्ममा अभिनय गर्दा नायक आफैले फिल्ममा लगानी गर्नुपर्छ भनेर के तपाईले पनि त्यहि गर्नु भएको त छैन् ?
मलाई पैसा लगानी गरेर नायक बन्नु छैन् । मैले धेरै म्युजिक भिडियो अभिनय गरेको छु,बरु म्युजिक भिडियोबाट नै मैले राम्रो कमाउछु किन मैले पैसा लगानी गरेर नायक बन्नु प्थ्यो होला । मैले बकैता एग्रीमेन्ट पेपरमा साइन गरेर फिल्ममा अभिनय गरेको हुँ ।
५.बिबाह गर्नुभएको छैन् ?
हा.हा.हा…अँह छैन् ।
६.किन ?
मन मिल्ने मान्छे नभेटेर होला ।
७.कोहि त होला नी ?
थिए होला कुनै दिन । तर अहिले कोहि छैन् । समय आउछँ उनी भनौला ।
८.भोलीको दिनमा तपाईलाई कहाँ देखिन्छ ?
भन्न सकिन्न । यस क्षेत्रमा नै रहन सक्छु होला नभए अरु क्षेत्रमा रहन्छु होला ।
९.जिन्दगीमा थाहा पाएर रोएको कुनै दिन याद छ ?
सायद रंग बैजनीका लागी साइन गरेर कोठा आएको बेला रोएको थिए ।
१०.अन्तिममा आम दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
मंसिर १९ गते मैले अभिनय गरेको चलचित्र रंग बैजनी देशभर प्रदर्शनमा आउदै छ एक पटक हेरिदिनु होला । अनि मलाई सधै माया गरिरहनु होला । यति ।।।

%d bloggers like this: