Fri. Apr 19th, 2024

बिहिबार सञ्चार मन्त्रालयमा कलाकारहरु सगँको छलफल कार्यक्रममा सञ्चार मन्त्री मिनेन्द्र रिजालले कलाकारहरुको बर्गीकरण गरिने कुरालाई लिएर कलाकार संघका अध्यक्ष नवल खड्काले कडा आलोचना गरे सगै उनले कला क्षेत्रमा भाइरस पसेको समेत अभिव्यक्ति दिएका थिए । त्यसै सन्दर्भमा नेपाल कलाकार संघका अध्यक्ष नवल खड्कासगँ मनोरञ्जन संसारडटकमले गरेका संक्षिप्त कुराकानी –

तपाईले त कला क्षेत्रमा भाइसर पस्यो भन्नु भए छ नी किन ?
हो यो मैले भनेको हुँ । अहिले कला क्षेत्रमा भाइरस नै पसेको छ । किनकी जुन काम कलाकार संघले गर्नु पर्ने हो त्यो गैरकलाकारले गरेपछि कला क्षेत्रमा भाइरस पस्दैन त ?

सञ्चारमन्त्री मिनेन्द्र रिजालले कलाकारलाई बर्गीकरण गरेको कुरालाई लिएर तपाईले निकै आक्रोस पोख्नु भयो नी ?
सरकारले मापदण्ड बनाएको छ कुन कलाकार सानो,कुन कलाकार बरिष्ट भनेर अनि कसरी कलाकारलाई बर्गीकरण गर्न सकिन्छ । कि त मापदण्ड बनाउनु पर्छ । नभए कलाकारको बर्गीकरणको कुरालाई लिएर हावादारी गफ दिन पाइदैन् ।
812
तपाईले राजकुमार राई र सञ्चारकर्मी प्रकाश सुवेदीलाई भाइरस को नाम दिनुभए छ नी किन ?
मैले कसैलाई पनि भाइरसको नाम दिएको छैन् मैले यति भनेको हुँ कि कला क्षेत्रमा भाइरस पस्यो भनेर । जुन काम कलाकार संघले गर्न खोजीरहेको छ त्यो काममा गैरकलाकारहरुले पुरा गर्न सक्दैनन् । त्यो काम कलाकार संघले गर्ने हो । कलाकारलाई बर्गीकरण गर्ने भनेको कुरा सब हावादारी हो ।
कलाकार संघले त यस विषयमा अहिले सम्म आवाज उठाएको थिएन नी ?
किन उठाएको थिएन् । यस विषयलाई कलाकार संघले नै समाधान गर्ने हो । गैरकलाकारहरुले हैन् । हामीले यि कुरा उठाइरहेका छौ ।

%d bloggers like this: