Wed. Apr 24th, 2024

केहि महिना अगाडी काठमाडौंको पाँचेतारे होटलमा भव्य रुपमा एकल साँझ सम्पन्न गरेका चर्चित गायक रामकृष्ण ढकालले अब फेरी चितवनमा सुमधुर साँझ गर्ने भएका छन् । चितवनमा पहिलो पटक हुन लागेको रामकृष्ण ढकालको एकल सुमधुर साँझ पनि काठमाडौंमा आयोजना भएको एकल साँझ भन्दा कम नहुने आयोजकले बताएको छ ।

ramkrishna-dhakal-9सेढाई होल्डीङ्को आयोजनामा असोज २४ गते भरतपुरमा रामकृष्ण ढकाल सुमधुर साँझ हुन बताइएको छ । भरतपुरको होटल गाडेनमा हुने उक्त सुमधुर साँझमा रामकृष्ण ढकालको समुहले सांगितिक प्रस्तुती गर्ने छ । कार्यक्रममा सहभागी हुनका लागी १५ सय र २५ सय को टिकटको व्यबस्था मिलाइएको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

%d bloggers like this: