Thu. Apr 25th, 2024

मानिसलाई धेरै थरिका रुचीहरु हुन्छन् । कोही चलचित्र क्षेत्रको स्टार बन्ने सोंचमा त कोही संसारले चिन्ने व्यक्ति बन्न पाए हुन्थ्यो भन्ने सोचमा हुन्छन् । तर कतिका ती सपनाहरु पुरा पनि हुन्छन् त कतिका त्यसै ओइलिएर जान्छन् । यद्यपी मानिस आफ्नो लक्ष्यमा पुग्नको लागि धेरै नै संघर्ष गरिरहेका हुन्छन् । एक दिन अवश्यक पनि सफल भइने विश्वासले नै संसारभरका मानिसहरु बाँचिरहेका छन् । भनिन्छ, मानिस कुनै एउटा चिजमा पोख्त हुन्छ । कोही मानिस यस्ता पनि छन्, जो धेरै चिजमा हात हालेर कोही सफल त कति असफल पनि भएका छन् । त्यही मध्येकी एक मोडल हुन्, अन्जन रक्षा । उनी मोडल मात्र नभई पत्रकारिताको विद्यार्थी समेत हुन् । मोडलिङ् क्षेत्रमा केही गर्ने विश्वासका साथ यो क्षेत्रमा प्रवेश गरेकी छन् । भर्खरै एउटा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले राम्रो अवसर पाए चलचित्रमा पनि खेल्ने मनसाय राखेकी छन् । झापामा जन्मिएर विराटनगरमा हुकिएकी उनी काठमाडौलाई कर्मथलो बनाउँदै छिन् । तिनै मोडल अन्जन रक्षा सगँ मनोरञ्जन संसारडटकमका सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :
पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
केही म्युजिक भिडियोमा अनि आफ्नो अध्ययनमा नै व्यस्त छु ।
कति भयो, यसक्षेत्रमा प्रवेश गर्नुभएको ?
त्यहि दुई तीन महिना जति भयो होला ।
के देखेर तपाई मोडलिङ् क्षेत्रमा प्रवेश गर्नुभयो ?
मैैले अहिले नै त्यति ठूलो सपना देखेको छैन । भोलीका दिनमा यस क्षेत्रकै सफल नक्षत्र वा कुनै सफल स्टार बन्छु भन्ने सोंचले म यसक्षेत्रमा आएको पनि होइन । मेरो सानैदेखि मोडलिङ् क्षेत्रमा काम गर्ने रहर हो ।
तपाईले एउटा म्युजिक भिडियोमा अभिनय गरेको अनुभवमा म्युजिक भिडियोका निर्माताको अपेक्षा के पाउनु भयो ?
म एउटा म्युजिक भिडियोमा अभिनय गरें । अन्य म्युजिक भिडियोहरुमा पनि अभिनय गर्दैछु । मैले अभिनय पुरा गरेको म्युजिकभिडियोमा त होइन अरु धेरै म्युजिक भिडियोबाट चाँही धेरै थरीका अफरहरु आएका थिए ।
कस्तो अफर ?
उनीहरुले सिधै त भन्न सक्दैनन् तर अप्रत्यक्ष रुपमा चाँही एक रात विताउन पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् ।
रात विताउँन अफर गर्नेहरु नवोदित निर्माता की कुनै नाम चलेका निर्माता हुन? धेरै त भर्खर भर्खरका निर्माताह छन् तर केही चाँही नाम चलेका व्यक्तिहरुले पनि कुदृष्टिले हेर्ने गरेका छन् ।
उनीहरुको अफर स्विकार गर्नुभएन त ?
सायद उहाँहरुले आफनो इच्छा पोख्नु भयो होला तर म आफ्नो नैतिकता नै विर्सिएर त्यस्तो काम गर्ने चाहना राख्दिन । नैतिकता बेचेर म्युजिक भिडियो वा चलचित्रमा स्थापित हुने मेरो चाहना होइन ।
तपाईको पर्समा कहिले नछुट्ने चिज के हो ?
घडी । हातमा बान्नुपर्ने भएपनि मेरो पर्समा राख्ने बानी छ ।
तपाईको पर्समा कति रुपैयाँ जति कहिलै छुट्दैन ?
दुइ हजार-२५ सयजति ।
तपाई बजारमा जाँदा तपाईलाई सबैभन्दा मनपर्ने लुगा ?
म आफ्नो लागि त्यति किन्दिन तर मेरो मम्मीको लागि साडी नै किनेको हुन्छु ।
10588581_708797022523667_1675567527_nतपाईलाई आफ्नो सबैभन्दा बढि सेक्सी लाग्ने अंग ?
आखाँ ।
किन ?
प्रायले भन्नुहुन्छ तर मलाई आफनो अंग मध्य सबैभन्दा बढि आँखा मन पर्छ ।
विद्यालय जीवनमा वा कलेज जीवनमा प्रेम प्रस्ताव कतिले गरे ?
म पनि एउटी महिला हुँ । स्वभाविक रुपमा महिला भएकाले प्रेम प्रस्ताव नआउँने कुरै भएन । प्रेम प्रस्ताव धेरै आए तर अहिले सम्म मन मिल्ने चाँही भेटेकी छैन ।
सेक्स के हो ?
सेक्स भनेको मेरो विचारमा प्रकृतिले दिएको एउटा देन हो ।
सेक्सको अनुभव छ ?
छैन ।
तपार्ईलाई कसैले सेक्सको प्रस्ताव राखे ?
मैले भनिहाले नि केहीले राखे तर म विवाह भएपछि मात्र श्रीमानसँग सेक्स गर्छु । नभए अरु सँग हुदैन ।
यदि कसैले लाखौ करोडौ रकम दिन्छु भन्यो भने के तपाई आफनो कुमारित्व बेच्न तयार हुनुहुन्छ ?
अहँ मबाट त्यो कदापि त्यस्तो हुन सक्दैन ।
तपाईलाई नेपाली सेलिव्रेटी मध्य सबैभन्दा सेक्सी लाग्ने नायक ?
जीवन लुईटेल ।
के छ जीवन लुईंटेलसँग ?
मलाई उहाँको स्माइल (मुस्कान) नै मन पर्छ ।
राती सुतेर विहान उठ्दा तपाई केटा बन्नु भयो भने के गर्नु हुन्छ ?
(हाँसो) केहि पनि गर्दिन थिए । मेरो मम्मीले फेरि एउटा छोरा पाउनु भयो भनेर खुसी हुन्थें होला ।
तपाईलाई आम दर्शकले अबको १० वर्षपछि कहाँ देख्ने छन ?
सायद मलाई नेपालमै देख्नु हुन्छ । म पत्रकारिता र मोडलिङ्ग वा नायिका भएको देख्न पाउनु हुन्छ होला ।
अन्तमा आम दर्शक तथा पाठकहरुलाई के भन्न चाहनु हुन्छ ?  
मैले गरेको कामहरुमा राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनी सुझाव दिन म सम्पूर्ण दर्शक तथा पाठकलाई आग्रह गर्छु । मलाई माया गर्दिनु होला यति भन्न चाहन्छु ।

%d bloggers like this: