Thu. Apr 25th, 2024

राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाहृय हस्तक्षेप एवं जनजिवन जस्ता विविध पक्षलाई उतारिएको चलचित्र जन्मुभी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । मोहन निरौलाको लेखन तथा निर्देशन रहेको चलचित्र जन्मभुमीलाई सुरज गिरीको लगानी गरेका छन् ।

janma-bhumi-2

निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भुमिका रहेको चलचित्र जन्मभुमीलाई २०५२ सालमा पनि ‘जन्मभुमी’ नामक चलचित्र मोहन निरौलाले निर्देशन गरेका थिए । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं पत्रकार शान्तिप्रियले गीत लेखेका छन् भने युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । करिब २० बर्ष पछि नयाँ रुपमा चलचित्र जन्मभुमीलाई कलाकार एवं निर्देशक मोहन निरौलाले फेरी जन्मभुमी निर्देशन गरेका छन् । हाल चलचित्र जन्मभुमीको डविङ कार्य अन्तिम चरणमा पुगेको छ ।

%d bloggers like this: