Tue. Apr 23rd, 2024

प्रकृति श्रेष्ठ पछिल्लो समयकी व्यस्त नायिका मध्यकी एक हुन् । उनले अभिनय गरेका चलचित्रहरुले राम्रो व्यापार गरेपछि उनका माग पनि बढिरहेको छ । कलेजका बिज्ञापनहरुबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी प्रकृतिसंग मनोरञ्जनसंसार डटकमले गरेको अन्तरंग कुराकानी ।
मिडिया, मुमी र मोडलिङ्ग मा लाग्ने चाहन कसरी भयो ?
चाहान भन्दा पनि, मेरी फेमेली सपोर्टले गर्दाखेरी हो, कलेजहरुवाट पनि इन्करेज भएको हुँदा इन्ट्रेष्ट लागेको हो । म कलेजमा हुदाँ खेरी कलेजको विज्ञापनहरु गर्थे कलेजको टिचर्सहरुले पनि फोटोजनिक छौ, मिडियामै केही गर्दा राम्रो हुन्छ भन्नुहुन्थ्यो । प्लस टु सकिएपछी ब्यूटि पेजेन्ट मा भाग लिए अनी त्यही वाट इन्ट्रेष्ट वढ्दै गएको हो ।
मोडलिङ्गमा प्रवेश गरिसकेपछि पहिलो काम के गरियो ?
पहिलो काम भैले ईमेज च्यानलको मेगा मोडलमा सहभागिता जनाएर ३ वटा टाइटल जिते अनी त्यस पछी ‘हाम्रो टिम’ भन्ने सिरियल गरे ।
चलचित्र होस्टेलमा कसरी काम गर्ने अवसर मिल्यो ?
चलचित्र होस्टेलका निर्देशक हेमराज दाईले मेरो ‘हनी वनी’ भन्ने म्यूजिक भिडियो हेर्नु भएको रहेछन जुन त्यस वेला फेमस भैरहेको थियो । त्यही म्यूजिक भिडीयो हेरेर उहाँले मलाई होस्टेलमा लिनु भएको हो ।
चलचित्रमा अफर आउँदा कस्तो फिल भयो ?
सुरुमा म त नेपाली भूमि इन्डष्ट्रिजमा छिर्दै छिर्दीन जस्तो लागको थियो । तर व्यानर र इन्टायर टिम राम्रो लागेकोले एक्साइटमेन्ट पनि थियो त्यसैले काम गरेको हो ।
चलचित्रमा अभिनय गर्नु भन्दा अघि नेपाली चलचित्र कतिको हेरिन्थ्यो ?
म खासै नेपाली चलचित्रहरु हेर्दिनथेँ । केटाकेटी छँदा दपर्ण छाँया, लाहुरे, हेरेको सम्झना छ, तर हिजो आज समयले साथ दिए सम्म नेपाली फिल्म हेर्न जाने गर्छु ।
होस्टेल मुभि को सफलताले करियर अघि वढाउन कतिको मदत गर्यो ।
एउटा त राम्रो ब्यानर र राम्रो टिम संग काम गर्दा प्लस प्वइन्ट हुदो रहेछ भन्ने कुरा बुझे अनी चलचित्र हेर्नु हुने धेरैले एपरिसियट गर्नु भयो, जसले गर्दा कन्फीडेन्स विल्ड अप भएर आयो ।
प्रकृतिलाई के ले चिनायो जस्तो लाग्छ हनी वनी ले की होस्टेल ले ?
सूरुमा त मलाई हनी वनी ले नै चिनाएको हो, त्यसैकै कारणले त चलचित्रमा अभिनय गर्ने मौका पाए, पछी होस्टेल चलचित्रले पनि थप मदत गर्यो ।
चलचित्र र मोडलिङ्ग क्षेत्रको आर्थिक पाटो कस्तो छ ? परिश्रमिकबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु न ढाटी भन्नुृ पर्दा आइएम सेटिस्सफाई म इन्डिभिज्वलका लागि प्राप्त पारिश्रमिकवाट मेरो सम्पूर्ण खर्च चलेको छ ।
म्यूजिक भिडियोमा काम गर्दा रमाइलो की चलचित्रमा ?
म्यूजिक भिडियोमा, किन की समय धेरै दिनु पर्दैन कम समयमा नै भिडियो तयार हुन्छ जसले गर्दा फिडव्याक चाँडो आउँछ र पारिश्रमिकको हिसावले पनि चलचित्र भन्दा म्यूजिक भिडियो राम्रो जस्तो लग्छ ।
एउटा राम्रो म्यूजिक भिडियो राम्रो कलाकारको साथमा काम गर्ने मौका र एउटा राम्रो व्यानरको फिल्म गर्ने मौका एउटै समयमा आयो भने कुन रोज्नु हुन्छ ?
(हाँस्दै) सायद म मुभिनै रोज्छु होला । किनभने मुभिवाट आफ्नो परिचय वनाउन सजिलो हुन्छ । मुभिको प्रचारप्रसारको दायरा पनि ठूलो छ जस्तो लाग्छ ।
 नेपाली चलचित्रको उत्कृष्ट निर्देशक र कलाकारको नाम लिनु पर्दा कस्को लिन चाहानु हुन्छ ?
मैले अहिले सम्म काम गरेका निर्देशकहरुमध्य वन अफ दि वेस्ट निर्देशकको रुपमा हेमराज विसीको नाम लिन चाहन्छु र कलाकारहरुमा मलाई मन पर्ने सौगात मल्ल हो, त्यस पछि मेनुका प्रधान नम्रता श्रेष्ठ र प्रियंका कार्कीको अभिनय पनि राम्रो लाग्छ ।
प्रेम प्रस्तावहरु कत्तिको आउछ ?
(हाँस्दै) अनलक्कीली छैन अहिलेसम्म, जे होस् ईमेल र फोन कल्सहरु चाँहि आइरहेको हुन्छ, तर व्यक्तिगत आएर भेटेर प्रपोज गरेको चाहि कसैले छैन । सायद म त्यस्तो सोसलाईज नभएर होला ।
चलचित्रवाहेक अरु केमा रुची छ ?
चलचित्र वाहिक मलाई ट्राभलिङ्ग गर्न मन लाग्छ । हालै मात्र कालिन्चोक, भोटेकोशी जस्ता ठाउँको एडभेनचेरियस टुर गरेर आए, पेरागल्याडीङ्ग र बन्जीमा पनि विशेष रुची छ र यो गर्दा रमाईलो अनुभूति पनि भयो । तर मैले पेरागल्याडीङ्ग र बन्जी गरेँ भन्दा कसैले पनि पत्याएनन् ।
ब्वाई फ्रेण्ड वनाउनु भयो त ?
(हाँस्दै) व्यक्तिगत मेटरको वारेमा कुरा नगरौँ की, मलाई त्यसवारे केही पनि भन्ने मन छैन । व्वाइ फ्रेण्ड छैन भन्दा नि हुन्छ । हेरिरहेको छु ।

%d bloggers like this: