Thu. Apr 25th, 2024

चलचित्र विकास बोर्डले यही असार १६ गते राष्ट्रिय चलचित्र अवार्ड आयोजना गर्ने भएको छ । १६ गते सोमबार साँझ राष्ट्रपति भवन शीतल निवासमा अवार्ड आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले शीतल निवासमा अवार्ड आयोजना गरिन लागेको पुष्टि गरेका छन् । ‘हामी अहिले अवार्डको पूर्वतयारीमा व्यस्त छौं,’ उनले भने, ‘अवार्ड भव्य बनाउने योजना छ ।’ अवार्ड राष्ट्रपति डा.रामवरण यादवको हातबाट बाँडिने उनले खुलाए ।

यसका जुरी सदस्य पनि गोप्य राखिएको छ ।
तर, जुरी सदस्यले अब केही दिनमै अवार्ड विजेताको तालिका निकाल्ने छ । अवार्डमा बर्ष २०६७, ६८, ६९ र ७० सालमा प्रदर्शन भएका चलचित्र मात्र समावेश छन् । अवार्डका दिन राष्ट्रपति भवनमा रात्रि भोजसमेत आयोजनाको तयारी भएको छ ।

%d bloggers like this: