Sat. Apr 20th, 2024

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै ‘स्वर’मार्फत फिल्मी अभिनय प्रवेश गरेकी अभिनेत्री केकी अधिकारी हिजोआज चर्चामा छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘बितेका पल’ का कारण चर्चामा रहेकी केकीसँग गरिएको कुराकानी ः

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
– चलचित्र बितेका पलको प्रचारप्रसारमा व्यस्त छु ।
सफल नायिका सफल हुनका लागि के के कुराको आवश्यकता पर्छ ?
– एउटा राम्रो कलाकार हुनका लागि चाहिने प्रमुख गुण  इमानदारी हो । आफ्नो काममा इमानदारीका साथ गर्नुपर्छ । टार्ने हिसाबले गर्नुहँुदैन ।
तपाईंलाई कस्तो रोल मनपर्छ ?
– मलाई सबै खाले रोल मनपर्छ । मैले हरेक रोल फरक फरक ढंगबाट निभाउन सक्छु । स्वरदेखि बितेका पलसम्म अभिनय गर्दा प्रायः फरक फरक भूमिकामै प्रस्तुत भएकी छु तर, मलाई गर्न मन लागेको रोल भनेको पागलको हो । अलिकति मानसिक सन्तुलन ठीक नभएको चरित्र निभाउन मन छ ।
चलचित्र बितेका पलमा तपाईंको भूमिका कस्तो छ ?
– यसमा मैले नुमा भन्ने चरित्र निर्वाह गरेकी छु । प्रेमकथा भएको हुनाले प्रेमकै सन्र्दभकी पात्र हो नुमा । तर, उसले प्रेमलाई लिने ढंग अलिकति छुट्टै छ अरूले भन्दा । उसले जे कुरालाई पनि सोच्नुपर्दा एकदम गहिरिएर सोच्छे । कसैलाई धेरै माया गर्नुपर्दा एकदम माया गर्ने र घृणा गर्नुपर्दा एकदम धेरै घृणा गर्ने, खुसी हँुदा निकै खुसी हुने र दुःखी हुँदा पनि साह्रै दुःखी हुने ।
बितेका पलको व्यवसाय कस्तो होला ?
– हामीले शतप्रतिशत मिहिनेत गरेर काम गरेका छौं । टिमले गरेको मिहिनेत नतिजा पक्कै राम्रै आउँछ भन्नेमा ढुक्क छु । हामीले राम्रो सिनेमाको निर्माण गरेका छौँ तर चल्ने नचल्ने कुरा भने दर्शकको हातमा हुन्छ ।
तपाईंलाई निर्देशक सुरज सुब्बाको एउटा राम्रो लाग्ने बानी र एउटा नराम्रो लाग्ने बानी के हो ?
– राम्रो लाग्ने बानीमा उहाँको निर्देशकीय क्षमता नै हो । निर्देशन गर्दा सूक्ष्म कुरामा ध्यान दिनुहुन्छ । उहाँको साह्रै खराब बानी भनेको धूम्रपान गर्ने त्यसमा पनि सुटिङको बेलामा त झन् अत्यधिक नै ।
ग्ल्यामर भनेको के हो ?
– ग्लामर भनेको आफूलाई प्रस्तुत गर्ने राम्रो तरिका हो ।
चलचित्रमा प्रयोग भइरहेको ग्ल्यामरबारे के भन्नुहुन्छ ?
– हाम्रो यो क्षेत्र नै ग्लामरको हो । यहाँ प्रिजेन्टेभल हुनु जरुरी छ । तर यहाँ ग्लामर र भल्गारिटी बीचको फरक अलिकति बुझेका छैनन्, जसले गर्दा धेरै दुर्घटना भएका छन् । यी दुईबीचमा एउटा पातलो धागो मात्रै हुन्छ ।
ग्ल्यामरको नाममा अश्लील चलचित्र बन्न थाले भन्ने आरोप छ नि ?
– हो, एक समय त्यस्तै अवस्था थियो, तर अहिलेको अवस्थाचाहिँ ठीकै छ । त्यस्ता खालका सिनेमा यसभन्दा अलिअघि बनेका हुन् । ट्रेन पच्छ्याउँदा राम्रो कुराको पछि नलागिकन नराम्रो कुराको पछि लाग्दाको परिणाम हो जस्तो लाग्छ मलाई ।
एउटा चलचित्रकर्मीको दायित्व अभिनय गर्नु, चलचित्र क्षेत्रमा काम गर्नुभन्दा बाहेक अरू के हुनसक्छ ?
– म कलाकार भएको कारण मैले पूरा गर्नुपर्ने पहिलो दायित्व चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा मरिमेटेर लाग्नु नै हो । तर त्यसभन्दा बाहिर मैले समाजसेवाका क्रियाकलापलाई अँगाली लैजानुपर्ने हुन्छ । किनभने, हामी पब्लिक फिगर भइसकेका हुन्छौँ । हामीले भनेका कुरालाई धेरै जनाले हेरेका हुन्छन् ।
नायिका नभएको भए के बन्नुहुन्थ्यो ?
– डाक्टर बन्थेँ ।
आप्नो शरीरको सबैभन्दा मनपर्ने अंग कुन हो ?
– मेरो आँखा आफैलाई अत्यन्तै मनपर्छ ।
अफेयर चलेको छ कि छैन ?
– छैन
प्रस्ताव नै नआएर हो कि ?
– करिअरलाई पहिलो प्रथामिकता दिइयो । प्रस्ताव लिने, स्वीकार्ने, अस्वीकार्ने मौकै भएन । टाइम आउला, हुने बेलामा आफँ होला नि त ।
केटा मान्छेको के कुराले आकर्षित गर्छ ?
– राम्रो बोल्न सक्ने क्षमताले आकर्षित गर्छ ।
तपाईको बिचारमा सेक्स के हो ?
– अँ… यो सेक्सको प्रश्नलाई स्किप गरौँ है, प्लिज…
तपाईंलाई मनपर्ने व्यावसायिक व्यक्तित्व को हो ?
– बैंकर अनिल शाह
मनपर्ने नेता ?
– गगन थापा
मन पर्ने पहिरन ?
– फर्मल ठाउँमा साडी र क्याजुअली जिन्स र टप्स ।

 कर्पोरेटबाट

%d bloggers like this: