Fri. Apr 19th, 2024

० विदेश धेरैपटक जानुहुन्छ। कत्तिको खाइन्छ नि म्वाइँ?
– नढाँटीकन भन्नुपर्दा यो शतप्रतिशत सत्य हो कि मैले विदेशमा म्वाइँ कसैको पनि खाएको छैन अहिलेसम्म।
० याद छ, पहिलोपटक कसको म्वाइँ खानुभएको थियो?
– बच्चामा नजानी–नजानी धेरैको खाइयो होला।
० जानेर नि?
– जानेर खाएकै भनेको श्रीमतीलाई हो।
० श्रीमतीको म्वाइँ पहिलोपटक कहिले खानुभएको थियो?
– विवाहको रात।
० कस्तो भयो नि अनुभूति?
– त्यो शब्दमा बयान गर्न सकिँदैन।
० म्वाइँ के हो?
– आत्मीयता, माया र मानिसलाई नजिक ल्याउने सशक्त माध्यम।
० सम्झनालायकको म्वाइँ?
– श्रीमतीकै हो।
० तपाईं बाटोमा हिँड्दा कुनै युवतीले च्याप्प समातेर तपाईंको म्वाइँ खाइन् भने के गर्नुहुन्छ?
– त्यो त महिलाकै गल्ती हो नि। उनको गल्तीलाई देखाइदिन्छु र अनि भन्छु, ‘तिम्रो म्वाइँ गलत ठाउँमा पर्योन।’
० म्वाइँ कस्तो ठाउँमा खाँदा राम्रो होला?
– यो त जहाँ, जुन बेलामा जसलाई पनि खाने चिज होइन। म्वाइँ जथाभावी खान पनि हुन्न।
० श्रीमतीलाई कस्तो समयमा म्वाइँ खानुहुन्छ?
– रिसाएको समयमा। त्यो पनि रिसाएर खुसी हुन लागेको समयमा मायालु भावले।
० म्याइँको स्वाद कस्तो हुन्छ होला?
– म्वाइँ गुलियो वा तीतो होइन, यो त मीठो हुन्छ।
० अहिलेसम्म कसैलाई जबर्जस्ती म्वाइँ खानुभएको छ?
– त्यस्तो जबर्जस्ती खाएको छैन र खानु पनि नपरोस्।
० अहिलेसम्म धेरैलाई म्वाइँ खानुभयो होला। गन्नुभएको छ?
– त्यस्तो गनेर नै म्वाइँ खाएको छैन। गन्नैपर्ने गरेर म्वाइँ खाएको पनि छैन। म म्वाइँक्रेजी र फ्यान होइन।
० म्वाइँ खान नपाएर भुतुक्कै हुनेहरूलाई के छ सल्लाह?
– म्वाइँका लागि मरिहत्ते नगर्नुस्। अनि म्वाइँ खाँदा अरू कुरा पनि नसोच्नुस् नि। यो त माया प्रकट गर्ने स्वच्छ माध्यम हो।
० कुनै हिरोइनको म्वाइँ खानुभएको छ कि छैन?
– हामी त हास्यकलाकार । हिरोइनलाई त हिरोले पो म्वाइँ खान्छ। हिरोइनको म्वाइँ खाने भाग्य हाम्रो छैन ।
प्रस्तुतिः राजन घिमिरे
 

%d bloggers like this: