Fri. Apr 19th, 2024

रियालिटी शो ‘छमछमी’बाट नृत्य क्षेत्रमा चर्चा कमाएकी पार्वती राई अहिलेकी ब्यस्त मोडल हुन् । यो दुई महिनामा मात्रै २७ वटा भिडियोमा नाँचेकी राईको देश\विदेशका स्टेज कार्यक्रममा पनि उत्तिकै माग छ । यो वर्षका सबैभन्दा धेरै तीजका गीतमा नृत्य गरेकी राईसँग डिबी खड्काले गरेको कुराकानीः
तीजका गीतमा खुब छाइएको छ है ?
यसपटक राम्रै भयो । २७ वटा तीजका गीतमा नाँचिसकेँ ।
तपाईँलाई लोक र दोहोरी गीतकी त नायिका नै भन्छन् नि ?
यो क्षेत्रमा आएको केही वर्षमै निकै भिडियोमा नाचेर होला । धेरैले त्यसै भन्छन् ।
यसपाली त लोकदोहोरी नायिकाको अवार्ड पनि पाउनुभयो क्या रे !
लोकदोहोरी प्रतिठान उपत्यका समन्वय समितिले मेरोको कामको मूल्यांकन ग¥यो । म अवाडृे हुन सफल भएँ ।
कमाइ पनि राम्रै छ–
मोडलिङ भनेको गालामा रस र ज्यानमा जोश हुन्जेल कमाउने पेशा त हो । अलिअलि त कमाइ हुनै प¥यो नि ।
IMG_6044
आधुनिक गीतमाचाहिँ किन नगरेको ?
एकदुइटामा गरेकी छु । तर, नोटिस हुन सकिनँ । मेरो राम्रो भनेकै नृत्य हो ।
फिल्म खेल्ने रहर छैन ?
त्यसबारे विस्तारै सोचौंला । अहिलचाहिँ राम्रो आइटम गीतको अफर आयो भने त्यो चाहिँ गर्ने रहर छ ।
पहिलोपटक नाचेको गीत कुन थियो याद छ ?
स्कुलमा पढ्दाखेरि ‘लुकीछिपी हेर्नेले’ भन्ने गीत थियो ।
तपाईँलाई चाहिँ लुकीछिपि कतिले हेरेछन् ?
सायद धेरैले लुकेरै हेर्छन् होला ।
कलेज पढ्दाताका आँखा जुधाएर ‘आइ लभ यू’ पनि भने होलान् नि ?
राईकी छोरी हक्की स्वभावकी थिएँ । मसँगै पढेका केटाहरुले त त्यस्तो दृष्टिले आँखा जुधाएर हेर्ने सक्दैनथे ।
अहिलचाहिँ धेरैले हेर्छन् होला ?
हेरेका पनि छैनन् । हेर्नु परेको पनि छैन ।
साथीभाईले ब्वाइफ्रेन्डसँग रमाइलो गरेको कुरा सुनाउदा बनाउ जस्तो लाग्दैन ?
मेरो धेरै साथीहरुले रमाइलो गरेको होइन, धोका दिएको कुरा सुनाउछन् ।
तपाईँ कस्तो केटाले प्रेम प्रस्ताव राखोस् भन्ने चाहानुहुन्छ ?
अनुहारको राम्रो चाहिँदैन । दुःख बुझोस् । कुनै परिस्थितिमा पनि माया नबदल्ने होस् ।
तीजका गीतमा मात्रै नाँच्नेकी राम्रो बरका लागि ब्रत पनि बस्ने ?
ब्रत त सँस्कृतिअनुसार चल्नका लागि पनि बस्छु । यही ब्रतका कारण भगवानले राम्रै बर जुराइदिए अझ राम्रो हुन्थ्यो ।
राम्री बन्न के के गर्नुहुन्छ ?
आफ्नो त कामै राम्री हुने हो । अलिअलि मेकअप गर्छु । फेसियल गर्छु । एक्सरसाइज त नृत्यकै प्राक्टिसले भइहाल्छ ।
तपाइँको आवरण र ब्यवहार मध्य कुन बढी राम्रो होला ?
व्यवहारमै बढी राम्री छु जस्तो लाग्छ ।
शरिरको कुन पार्ट आफैलाई पनि आकर्षक लाग्छ ?
मैले हाँस्दा देखिने दाँत राम्रा छन् ।
 
IMG_6078

%d bloggers like this: