चलचित्र ‘सायरा’को औपचारिक घोषणा,आर्यनसँग सुफियाले अनस्क्रिन रोमान्स गर्दै

काठमाडाैँ। नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । प्रेमकथामा आधारित यस चलचित्रको लेखन र प्रस्तुति रघु परियारको रहेको छ ।…

Read More

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने

काठमाडाैँ। ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म…

Read More

नेपालमा ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने

काठमाडाैँ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ। असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका थिए। अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका थिए। हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै…

Read More

भारतका यी ७ सहरमा ‘प्रेमगीत ३’को व्यापक प्रचारप्रसार

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ । शनिबार बेलुका भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा भव्य कार्यक्रम सम्पन्न भयो । कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन र इन्डियन आइडल…

Read More

‘प्रेमगीत ३’को प्रमोशनल कार्यक्रमहरू सुरू

काठमाडाैँ । फिल्म ‘‘प्रेमगीत ३’को प्रमोशनल कार्यक्रमहरू सुरू भएका छन्। नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्मको रिलिज डेट नजिकिएसँगै निर्माण युनिटले प्रमोशन सुरू गरेको हो। फिल्मको प्रमोशनका लागि निर्माता निर्देशक सन्तोष शेनको साथमा प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, भारतीय गायक पवनदिप सिंह लगायतको टोली भारतमा जुटिरहेको छ। त्यस्तै, नेपालमा भने अभिनेता सुनिल थापा, शिव श्रेष्ठ,…

Read More

हिन्दी फिल्मको मतियार भनेको रिसमा सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

कामठाडौँ । चलचित्र संघले सोमबार एक दिन देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष प्रदीपकुमार उदयले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन्। हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स…

Read More

कीर्तिपुरका वृद्धवृद्धालाई झिँगे दाउ देखाइयो

काठमाडाैँ ।। साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले राससलाई दिए । कीर्तिपुरको पाँगास्थित कीर्तिपुुर सिनेप्लेक्स हलमा देखाइएको उक्त चलचित्रमा एक आदर्श परिवार एउटा अति सामान्य कुराले पनि कसरी…

Read More

प्रेमगीत ३ को ‘हर युग होस्’ गीत सार्वजनिक(भिडियो)

काठमाडाैँ। असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म ‘प्रेमगीत ३’को गीत सार्वजनिक भएको छ। मंगलबार ‘हर युग होस्’ गीतको भिडिओ सार्वजनिक भएको हो। यस गीतको अडिओ दुई वर्षअघि नै सार्वजनिक गरिएको थियो। तर गीतको भिडिओ आउँदा गायक गायिका परिर्वतन गरिएको छ। प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा…

Read More

केन्याविरुद्ध नेपालको क्लिनस्विप

काठमाडाैँ। नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको अन्तिम खेलमा ६ विकेटको जित नियकालेर नेपालले क्लिन स्विप गरेको हो । केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको थियो । नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा अर्जुन साउद, आसिफ…

Read More

अलग्गिएका हुन् ललित र सुस्मिता ?

एजेन्सी। आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए । तर, अब दुबै अलग्गिएको अनुमान गरिएको छ । ललितले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन् । योसँगै उनीसँग भएको डिस्प्ले तस्बिर पनि परिवर्तन गरेका छन् । उनको बायोमा आईपीएल फाउण्डर र मुन मात्र लेखिएको छ । यो…

Read More