Sat. Apr 20th, 2024

काठमाडाैँ। असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म ‘प्रेमगीत ३’को गीत सार्वजनिक भएको छ।

मंगलबार ‘हर युग होस्’ गीतको भिडिओ सार्वजनिक भएको हो। यस गीतको अडिओ दुई वर्षअघि नै सार्वजनिक गरिएको थियो। तर गीतको भिडिओ आउँदा गायक गायिका परिर्वतन गरिएको छ।

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ। राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत छ। रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

Leave a Reply

%d bloggers like this: